२०८३ जेष्ठ २९ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
सांसदको प्रश्नपछि वाग्लेको टिप्पणी– विनियोजन विधेयक नपढिएको जस्तो लाग्यो | अर्थमन्त्री वाग्ले प्रकरणमा छानबिन नहुने, सरकार भन्छ– स्पष्टीकरण पर्याप्त | रास्वपा अधिवेशनस्थलबाहिर जेन–जी पक्षधरको धर्ना | आइतबार चीन भ्रमणमा जाँदै परराष्ट्रमन्त्री शिशिर खनाल | अन्तिम १० मिनेटमा चम्कियो दक्षिण कोरिया विश्वकपको पहिलो खेलमै महत्वपूर्ण जित | सांसद रञ्जुको प्रश्न– ह्वाट्सएप ह्याक गरेर लुटिएको पैसा कहाँ गइरहेको छ ? | समस्याग्रस्त दुई सहकारीका १३२ जना ऋणीको नाम सार्वजनिक | यो कम्युनिस्ट पार्टीको होइन, रास्वपाको बजेट हो : अर्थमन्त्री वाग्ले | कोशी सभापतिमा पराजित भएपछि सरिन तामाङको घोषणा– ‘आजबाट राजनीतिक बिट मारें’ | कैँची प्रहार गरी वृद्धलाई घाइते बनाउने व्यक्ति पक्राउ |

प्रधानमन्त्री सुशीला कार्कीले सिफारिस गरेका नयाँ मन्त्रीहरूको शपथग्रहण कार्यक्रम निर्धारित समयभन्दा एक घण्टा ढिला हुने भएको छ। राष्ट्रपति कार्यालयका अनुसार दिउँसो २ बजे तय भएको समारोह अब ३ बजे मात्र हुने छ।

प्रधानमन्त्री कार्कीले आइतबार पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन, अतिरिक्त स्वास्थ्य सचिव डा। संगीता मिश्रा र पत्रकार जगदिश खरेललाई मन्त्रीका लागि सिफारिस गरेकी थिइन्। तर, डा। मिश्रामाथि विवाद उठेपछि अन्तिम समयमा उनको नाम ‘होल्ड’ गरिएको छ।

भदौ २७ गते प्रधानमन्त्री बनेकी पूर्वप्रधानन्यायाधीश कार्कीले अझै पूर्ण मन्त्रिपरिषद् गठन गर्न सकेकी छैनन्। हाल सरकारमा तीन मन्त्री मात्र कार्यरत छन्, जसका कारण कार्यसम्पादनमा असर परेको बुझिएको छ।

शपथ समारोहको ढिलाइले सरकारले छिट्टै कार्यभार सम्हाल्नुपर्ने दबाबलाई अझ बढाएको छ। नयाँ मन्त्रीहरू शपथ ग्रहणसहित तत्कालै जिम्मेवारी सम्हाल्ने अपेक्षा गरिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय