२०८३ श्रावण २५ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode

वेस्ट इन्डिजविरुद्ध हुने तीन खेलको युनिटी कप अन्तर्राष्ट्रिय टी–२० शृङ्खला खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली आज संयुक्त अरब इमिरेट्स (युएई) जाँदै छ।

हालै सम्पन्न जेनजी प्रदर्शनका कारण युएईले नेपाली नागरिकलाई पर्यटक भिसा र श्रम भिसामा रोक लगाएको थियो। त्यसकै असरमा नेपाली टोली पनि यात्रामा अड्किएको थियो। तर नेपाल क्रिकेट सङ्घ (क्यान)को आग्रहपछि युएईले आइतबार प्रवेशाज्ञा प्रदान गरेसँगै टोलीको यात्रा सम्भव भएको हो।

क्यानका प्रवक्ता छुम्बी लामाका अनुसार नेपाली टोली मंगलबारसम्म युएई पुग्नेछ। शृङ्खलाअन्तर्गत नेपालले दुईपटकको विश्वकप विजेता वेस्ट इन्डिजविरुद्ध असोज ११, १३ र १४ गते शारजाह क्रिकेट रङ्गशालामा खेल्ने कार्यक्रम रहेको छ।

यस श्रृङ्खला नेपालका लागि महत्वपूर्ण मानिएको छ, किनभने यसले आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि टोलीको तयारी र आत्मविश्वास बढाउने अपेक्षा गरिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय