२०८२ आश्विन २१ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार कैदी मृत फेला | निर्वाचन आयोगसँग प्रधानमन्त्री : चुनावका लागि आवश्यक सबै स्रोत साधन उपलब्ध हुन्छ | | मनसुनी वायु कमजोर, पश्चिमी वायुले गराउने छ हल्कादेखि मध्यम वर्षा | जेन-जीको एक समूहको धम्कीपछि काठमाडौंका संवेदनशील स्थानमा प्रहरी परिचालन | राप्ति प्रतिष्ठानमा बिरामीको चाप बढ्दा शैय्या अभाव | ‘अभिमन्यु : च्याप्टर १’ को रिलिज मिति फेरियो, अब कार्तिक २१ गते विश्वभर प्रदर्शन हुने | अमेरिकी र्‍यापर डिडीलाई ४ वर्ष २ महिनाको जेल सजाय | नेपाल उत्कृष्ट टोली हो: कतारका प्रशिक्षक टोबी बेली | कुशल भुर्तेल फर्ममा फर्किए नेपालले कतारलाई १६ रनले हरायो | जेनजी आन्दोलनका ३० जना घाइते अझै अस्पतालमा उपचाररत |

चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामा वीरगञ्ज नाका हुँदै रु. २६ अर्ब ३३ करोड बराबरको पेट्रोलियम पदार्थ आयात गरिएको छ। यस अवधिमा डिजेल, पेट्रोल, एलपी ग्यास, एटिएफ (विमान इन्धन) र मट्टितेल भित्रिएको भन्सार कार्यालयले जनाएको छ।

गत वर्षको सोही अवधिमा भन्दा यस वर्ष पेट्रोलियम पदार्थ आयातको परिमाण र मूल्य दुवै बढेको छ। वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीका अनुसार चालु आवमा मात्रै रु. १ अर्ब ७६ करोड बढीको आयात भएको छ।

राजस्व संकलनमा पनि वृद्धि भएको छ। यस वर्षको दुई महिनामा मात्र पेट्रोलियम पदार्थबाट रु. ११ अर्ब १८ करोड राजस्व संकलन गरिएको छ। गत आवको सोही अवधिमा यो आँकडा रु. ९ अर्ब ८९ करोड थियो।

भन्सार कार्यालयका अनुसार डिजेल आयात सबैभन्दा बढी भएको छ। चालु आवको दुई महिनामा १ लाख ३२ हजार ८२४ किलोलिटर डिजेल भित्रिँदा रु. ११ अर्ब ९१ करोड बराबरको कारोबार भएको छ र यसबाट रु. ५ अर्ब २८ करोड राजस्व संकलन भएको छ।

त्यस्तै, पेट्रोल आयात रु. ६ अर्ब ८२ करोड बराबरको ८० हजार ५६० किलोलिटर पुगेको छ। यसबाट रु. ४ अर्ब ५४ करोड राजस्व उठेको छ। एलपी ग्यासतर्फ भने ४ करोड ९५ लाख किलोभन्दा बढी आयात हुँदा रु. ५ अर्ब १२ करोड बराबरको कारोबार र रु. ९६ करोड राजस्व संकलन भएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय