२०८३ आश्विन १३ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

विश्वको सातौं अग्लो धवलागिरि हिमाल (८,१६७ मिटर) आरोहणका लागि यस शरद ऋतुमा २४ जनाले अनुमति लिएका छन्। पर्यटन विभागका अनुसार म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा अवस्थित यो हिमाल आरोहणका लागि अनुमति दिने क्रममा ५० लाख ७१ हजार रुपैयाँ सलामी दस्तुर संकलन भएको छ।

शरद ऋतुमा सगरमाथा बाहेकका हिमालमध्ये मनास्लु आरोहणका लागि सर्वाधिक माग हुने गर्छ। यस सिजनमा मात्रै ३७४ जनाले मनास्लु आरोहण अनुमति लिएका छन् भने धवलागिरि दोस्रो रोजाइ बनेको विभागले जनाएको छ।

आरोहण टोलीहरू आधार शिविरतर्फ प्रस्थान गर्न थालेका छन्। धवलागिरि–४ का वडा सदस्य तथा इटली आधार शिविरका होटल व्यवसायी हरिप्रसाद तिलिजाका अनुसार, यस वर्ष अधिकांश आरोहीहरूले मुस्ताङको मार्फा हुँदै आधार शिविर पुग्ने बाटो रोजेका छन्। म्याग्दीको मुदी–बगर हुँदै जाने परम्परागत पदमार्ग बिग्रिएको र लामो भएकाले वैकल्पिक मार्ग रोजिएको हो।

धवलागिरि आरोहणलाई अन्य हिमालभन्दा बढी जोखिमपूर्ण र साहसिक मानिन्छ। छिनछिनमा बदलिने मौसम, हिमपहिरो र भौगोलिक जटिलताका कारण चुनौतीपूर्ण हुने यो हिमाल साहसी आरोहीहरूको आकर्षणको केन्द्र रहँदै आएको छ। गत वर्षको शरद ऋतुमा मात्रै हिमपहिरोमा परी पाँच जना रुसी आरोहीले ज्यान गुमाएका थिए।

धवलागिरि पहिलोपटक सन् १९६० मे १३ मा अस्ट्रियाका कुर्ट डिम्बर्गरसहितको टोलीले सफलतापूर्वक आरोहण गरेका थिए। त्यसयता धवलागिरि हिमाल साहसिक आरोहीहरूको प्रमुख गन्तव्यका रूपमा परिचित बनेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय