२०८३ जेष्ठ २९ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
काभ्रे बस दुर्घटना : आठ जनाको मृत्यु, उद्धार जारी | सांसदको प्रश्नपछि वाग्लेको टिप्पणी– विनियोजन विधेयक नपढिएको जस्तो लाग्यो | अर्थमन्त्री वाग्ले प्रकरणमा छानबिन नहुने, सरकार भन्छ– स्पष्टीकरण पर्याप्त | रास्वपा अधिवेशनस्थलबाहिर जेन–जी पक्षधरको धर्ना | आइतबार चीन भ्रमणमा जाँदै परराष्ट्रमन्त्री शिशिर खनाल | अन्तिम १० मिनेटमा चम्कियो दक्षिण कोरिया विश्वकपको पहिलो खेलमै महत्वपूर्ण जित | सांसद रञ्जुको प्रश्न– ह्वाट्सएप ह्याक गरेर लुटिएको पैसा कहाँ गइरहेको छ ? | समस्याग्रस्त दुई सहकारीका १३२ जना ऋणीको नाम सार्वजनिक | यो कम्युनिस्ट पार्टीको होइन, रास्वपाको बजेट हो : अर्थमन्त्री वाग्ले | कोशी सभापतिमा पराजित भएपछि सरिन तामाङको घोषणा– ‘आजबाट राजनीतिक बिट मारें’ |

लामो समयको मौनतापछि कन्टेन्ट क्रिएटर बिबेक थापालिया पुनः सामाजिक सञ्जालमा फर्किएका छन्। उनले फेसबुकमा दुईवटा नयाँ स्टाटस पोस्ट गर्दै आफ्नो सक्रियता पुनः सुरु गरेका हुन्।

थापालियाले परम्परागत राजनीतिक दललाई समर्थन गर्दै नयाँ शक्ति र नेताहरूमाथि, विशेषगरी बालेन शाह र रवि लामिछानेप्रति आलोचनात्मक टिप्पणी गरेका कारण ‘जेन जेड’ आन्दोलनमा सहभागी युवाहरूबाट अनलाइन धम्की र दुर्व्यवहार सहनुपरेको थियो। आन्दोलनका क्रममा उनकी श्रीमतीको ब्युटी पार्लरमाथि आक्रमण भएको भन्दै केही भिडियोसमेत सार्वजनिक भए पनि त्यसको औपचारिक पुष्टि भएको छैन।

जेन जेड आन्दोलन सुरु हुनु एक दिनअघि थापालियाले युवाहरूलाई सामाजिक सञ्जालमा मात्र नआक्रोश देखाई प्रत्यक्ष नेताहरूसँग प्रश्न गर्न सुझाएका थिए। विडम्बनापूर्ण त्यसपछि आन्दोलनमा युवाहरूले सडकमै नेताहरूसँग आक्रामक प्रश्न मात्र होइन, शारीरिक आक्रमणसमेत गरेका दृश्यहरू बाहिर आए।

थापालियाको पुनः सक्रियतासँगै उनको अघिल्लो टिप्पणी र सामाजिक सञ्जालमा फर्किने निर्णयबारे चर्चा सुरु भएको छ। धेरैले उनलाई साहसिक भनेका छन् भने कतिपयले अझै पनि उनको राजनीतिक धारणा र शैलीमाथि प्रश्न उठाइरहेका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय