२०८२ आश्विन २१ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
जेन-जीको एक समूहको धम्कीपछि काठमाडौंका संवेदनशील स्थानमा प्रहरी परिचालन | राप्ति प्रतिष्ठानमा बिरामीको चाप बढ्दा शैय्या अभाव | ‘अभिमन्यु : च्याप्टर १’ को रिलिज मिति फेरियो, अब कार्तिक २१ गते विश्वभर प्रदर्शन हुने | अमेरिकी र्‍यापर डिडीलाई ४ वर्ष २ महिनाको जेल सजाय | नेपाल उत्कृष्ट टोली हो: कतारका प्रशिक्षक टोबी बेली | कुशल भुर्तेल फर्ममा फर्किए नेपालले कतारलाई १६ रनले हरायो | जेनजी आन्दोलनका ३० जना घाइते अझै अस्पतालमा उपचाररत | देशभर मनसुनी वायु कमजोर हुँदै पहाडी र तराई भू–भागमा मध्यम वर्षाको सम्भावना | जेनजी प्रदर्शनका क्रममा भागेका ५७ सयभन्दा बढी कैदी अझै फरार | खुम्बुमा असोजमै हिमपात, जनजीवन र पर्यटन प्रभावित |

लामो समयको मौनतापछि कन्टेन्ट क्रिएटर बिबेक थापालिया पुनः सामाजिक सञ्जालमा फर्किएका छन्। उनले फेसबुकमा दुईवटा नयाँ स्टाटस पोस्ट गर्दै आफ्नो सक्रियता पुनः सुरु गरेका हुन्।

थापालियाले परम्परागत राजनीतिक दललाई समर्थन गर्दै नयाँ शक्ति र नेताहरूमाथि, विशेषगरी बालेन शाह र रवि लामिछानेप्रति आलोचनात्मक टिप्पणी गरेका कारण ‘जेन जेड’ आन्दोलनमा सहभागी युवाहरूबाट अनलाइन धम्की र दुर्व्यवहार सहनुपरेको थियो। आन्दोलनका क्रममा उनकी श्रीमतीको ब्युटी पार्लरमाथि आक्रमण भएको भन्दै केही भिडियोसमेत सार्वजनिक भए पनि त्यसको औपचारिक पुष्टि भएको छैन।

जेन जेड आन्दोलन सुरु हुनु एक दिनअघि थापालियाले युवाहरूलाई सामाजिक सञ्जालमा मात्र नआक्रोश देखाई प्रत्यक्ष नेताहरूसँग प्रश्न गर्न सुझाएका थिए। विडम्बनापूर्ण त्यसपछि आन्दोलनमा युवाहरूले सडकमै नेताहरूसँग आक्रामक प्रश्न मात्र होइन, शारीरिक आक्रमणसमेत गरेका दृश्यहरू बाहिर आए।

थापालियाको पुनः सक्रियतासँगै उनको अघिल्लो टिप्पणी र सामाजिक सञ्जालमा फर्किने निर्णयबारे चर्चा सुरु भएको छ। धेरैले उनलाई साहसिक भनेका छन् भने कतिपयले अझै पनि उनको राजनीतिक धारणा र शैलीमाथि प्रश्न उठाइरहेका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय