२०८३ आश्विन १३ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

बडादशैं अन्तर्गत नवरात्रको तेस्रो दिन आज नवदुर्गामध्येकी तेस्रो स्वरूप देवी चन्द्रघण्टाको विधिपूर्वक पूजा आराधना गरिँदैछ। देशभरका शक्तिपीठ तथा दशैंघरहरूमा भक्तजनले देवीको उपासना गरिरहेका छन्।

शिरमा अर्धचन्द्र र हातमा घण्ट धारण गर्ने भएकाले देवीलाई चन्द्रघण्टा नाम दिइएको हो। धार्मिक ग्रन्थअनुसार पहेंलो वर्णकी यी देवीले आसुरी शक्तिको नाश गर्ने मानिन्छ। शान्त र करुणामयी स्वरूपकी चन्द्रघण्टाको साधनाले साधकमा शक्ति, चमक र निर्भयता प्राप्त हुने विश्वास गरिन्छ।

धर्मशास्त्रविद्हरूका अनुसार चन्द्रघण्टा देवीको आराधनाले मणिपुर चक्र जागृत हुने बताइन्छ। विशेषगरी गीत–संगीत र कला क्षेत्रमा संलग्न साधकहरूले देवी चन्द्रघण्टाको विशेष पूजा गर्ने परम्परा रहेको छ। भक्तजनको विश्वासअनुसार यिनको कृपाले पाप नाश हुने र जीवनमा ऐश्वर्य प्राप्त हुन्छ।

नवरात्रको पहिलो दिन घटस्थापनासहित शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणीको पूजा सम्पन्न भइसकेको छ। आज चन्द्रघण्टाको पूजा भइरहेको छ भने बाँकी दिनहरूमा क्रमशः कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्रीको पूजा गरिनेछ।

नवरात्रभरि दुर्गा सप्तशती (चण्डी) र श्रीमद्देवीभागवत पाठ गर्ने प्रचलन छ। आश्विन शुक्ल प्रतिपदादेखि सुरू भएको नवरात्र विजयादशमी हुँदै कोजाग्रत पूर्णिमासम्म १५ दिनसम्म विशेष उत्साहका साथ मनाइन्छ। देशभरका शक्तिपीठहरूमा आजैदेखि भक्तजनको भीड बढ्दो छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय