२०८२ मंसिर २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
लगातार ६ जितको चमत्कार लुम्बिनीले जित्यो एनपीएल सिजन–२ | फाइनलमा लुम्बिनीको दबदबा सुदूरपश्चिम ८५ रनमै अलआउट | एमाले जनताको मन–मनमा र मुटु–मुटुमा बसेको पार्टी हो : केपी शर्मा ओली | मधेशका पुल निर्माण अलपत्र भएपछि कुलमान घिसिङले दिए चेतावनी | जित–हारभन्दा माथि उठेर एनपीएलले राष्ट्रलाई जोडेको छ : प्रधानमन्त्री कार्की | एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा प्रचण्ड र माधव नजाने | एमाले महाधिवेशनका लागि १०८ प्रतिनिधि मनोनीत कुल संख्या २,२६२ पुग्यो | १०८ प्रतिनिधिको नाममा एकलौटी निर्णय भएको पोखरेल पक्षको आरोप | एमाले ११औँ महाधिवेशन : कडा सुरक्षा व्यवस्थाबीच सल्लाघारीमा प्रतिनिधिहरूको प्रवेश | रवि लामिछानेमाथि सरकारको धारणा खोज्दै रास्वपा |

मुग्लिन–नारायणगढ सडकखण्डको तुइन खोला क्षेत्रमा गएको पहिरोले देशकै व्यस्त मार्ग पृथ्वीराजमार्गमार्फत चल्ने पोखरा–काठमाडौँ यातायातमा समेत गम्भीर असर परेको छ।

पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी लिमिटेडका अध्यक्ष ऐनकुमार साईका अनुसार मुग्लिन खण्डमा सवारी साधनको अत्याधिक चाप बढेपछि त्यसको प्रत्यक्ष प्रभाव पोखरा–काठमाडौँ खण्डमा परेको हो। “यात्रुहरूलाई समयमा नै गन्तव्यमा पुर्‍याउन निकै कठिनाइ भइरहेको छ,” उनले बताए।

लगातार पहिरो खसिरहेकाले मुग्लिन–नारायणगढ सडकखण्ड केही समयका लागि बन्द गरेर पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ। सडक बन्द हुँदा वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने भएकाले पोखरा हुँदै जाने सवारी साधनको चाप अत्यधिक बढेको छ।

हाल पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनीअन्तर्गत करिब ४०० बसले नियमित सेवा दिइरहेका छन्। तर सडक अवरुद्ध भएपछि यात्रुहरू लामो समय जाममा पर्न बाध्य भएका छन्।

दसैँ नजिकिँदै गर्दा यात्रु चाप बढ्ने क्रम जारी छ। तर सडक अबरुद्ध हुँदा गन्तव्यमा समयमा पुग्न कठिनाई थपिएको सर्वसाधारणले गुनासो गरेका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय