२०८३ आश्विन १३ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

मुग्लिन–नारायणगढ सडकखण्डको तुइन खोला क्षेत्रमा गएको पहिरोले देशकै व्यस्त मार्ग पृथ्वीराजमार्गमार्फत चल्ने पोखरा–काठमाडौँ यातायातमा समेत गम्भीर असर परेको छ।

पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी लिमिटेडका अध्यक्ष ऐनकुमार साईका अनुसार मुग्लिन खण्डमा सवारी साधनको अत्याधिक चाप बढेपछि त्यसको प्रत्यक्ष प्रभाव पोखरा–काठमाडौँ खण्डमा परेको हो। “यात्रुहरूलाई समयमा नै गन्तव्यमा पुर्‍याउन निकै कठिनाइ भइरहेको छ,” उनले बताए।

लगातार पहिरो खसिरहेकाले मुग्लिन–नारायणगढ सडकखण्ड केही समयका लागि बन्द गरेर पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ। सडक बन्द हुँदा वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने भएकाले पोखरा हुँदै जाने सवारी साधनको चाप अत्यधिक बढेको छ।

हाल पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनीअन्तर्गत करिब ४०० बसले नियमित सेवा दिइरहेका छन्। तर सडक अवरुद्ध भएपछि यात्रुहरू लामो समय जाममा पर्न बाध्य भएका छन्।

दसैँ नजिकिँदै गर्दा यात्रु चाप बढ्ने क्रम जारी छ। तर सडक अबरुद्ध हुँदा गन्तव्यमा समयमा पुग्न कठिनाई थपिएको सर्वसाधारणले गुनासो गरेका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय