२०८३ जेष्ठ २९ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
काभ्रे बस दुर्घटना : आठ जनाको मृत्यु, उद्धार जारी | सांसदको प्रश्नपछि वाग्लेको टिप्पणी– विनियोजन विधेयक नपढिएको जस्तो लाग्यो | अर्थमन्त्री वाग्ले प्रकरणमा छानबिन नहुने, सरकार भन्छ– स्पष्टीकरण पर्याप्त | रास्वपा अधिवेशनस्थलबाहिर जेन–जी पक्षधरको धर्ना | आइतबार चीन भ्रमणमा जाँदै परराष्ट्रमन्त्री शिशिर खनाल | अन्तिम १० मिनेटमा चम्कियो दक्षिण कोरिया विश्वकपको पहिलो खेलमै महत्वपूर्ण जित | सांसद रञ्जुको प्रश्न– ह्वाट्सएप ह्याक गरेर लुटिएको पैसा कहाँ गइरहेको छ ? | समस्याग्रस्त दुई सहकारीका १३२ जना ऋणीको नाम सार्वजनिक | यो कम्युनिस्ट पार्टीको होइन, रास्वपाको बजेट हो : अर्थमन्त्री वाग्ले | कोशी सभापतिमा पराजित भएपछि सरिन तामाङको घोषणा– ‘आजबाट राजनीतिक बिट मारें’ |

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक अध्यक्ष डोलप्रसाद (डिपी) अर्यालले पूर्वसांसद सुमना श्रेष्ठलाई पार्टीमा फर्काउन कार्यदल बनाइएको भन्ने हल्ला असत्य भएको स्पष्ट पारेका छन्।

बुधबार अपराह्न घण्टाघरस्थित पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अर्यालले आफूले श्रेष्ठको राजीनामा स्वीकृत गरिसकेको र केन्द्रीय समिति बैठकले त्यसलाई अनुमोदन पनि गरिसकेको जानकारी दिए।

“उहाँले लिखित राजीनामा दिनुभएको छैन। तर पार्टीको आधिकारिक ग्रुपमा स्पष्ट रूपमा पार्टी छोडेको धारणा राखिसक्नु भएको छ। त्यसैले कार्यवाहक सभापतिका हैसियतले मैले राजीनामा स्वीकृत गरेँ, र केन्द्रीय समितिले पनि अनुमोदन गरिसक्यो,” उनले भने।

अर्यालले सुमना श्रेष्ठलाई पार्टीमा फर्कन चाहिँ ढोका खुला रहेको बताए। तर सो उद्देश्यका लागि कुनै कार्यदल गठन नगरेको स्पष्ट पार्दै पार्टीभित्र कुनै प्रकारको मतभेद नरहेको पनि उनले दोहोर्याए।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय