२०८२ चैत्र १९ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
एमाले संसदीय दलको नेतामा 'बादल' निर्विरोध: सुहाङको दाबी फिर्ता गर्न लगाईयो ! | उच्च अदालतको फैसलाले महेश बस्नेत विरुद्ध शोभा पाठकले लगाएको आरोप खारेज | चरित्रहत्या विरुद्ध उजुरी दिन साइबर ब्यूरो पुगिन् अमिशा पराजुली | को बन्ला बालेन सरकारको महान्यायाधिवक्त्ता? | प्रधानन्यायाधीश पद रिक्त भएपछि कामु प्रधानन्यायाधीशमा सपना प्रधान मल्लको इन्ट्री | पोखरामा अवैध ‘ट्रान्स पार्टी’मा छापा विदेशीसहित ३८ जना पक्राउ | सुनको मूल्यमा भारी उछाल चाँदी पनि महँगियो | पुरानै टिममा भरोसा बालेनले सुरेन्द्र बजगाईंलाई दिए प्रेस संयोजकको जिम्मा | एमाले प्रदर्शनमा कुटिएका वृद्धलाई गृहमन्त्री सुदन गुरुङले घरमै गएर भेटे | ललितपुरमा एमालेको प्रदर्शनका क्रममा वृद्धमाथि आक्रमणमा संलग्न युवक प्रहरी नियन्त्रणमा |

बडादशैं अन्तर्गत नवरात्रको चौथो दिन आज, आश्विन शुक्ल चतुर्थी तिथिमा नवदुर्गामध्येकी चौथो स्वरूप देवी कुष्माण्डाको विधिपूर्वक पूजा आराधना भइरहेको छ। देशभरका दशैंघर, शक्तिपीठ तथा पूजाकोठाहरूमा भक्तजनले देवीको उपासना गरिरहेका छन्।

‘कु’ अर्थात् ‘कुत्सित’ ऊष्मालाई ‘कुष्मा’ भनिन्छ, जसले त्रिविध ताप (आध्यात्मिक, आधिभौतिक र आधिदैविक) लाई जनाउँछ। यी तीनै तापयुक्त संसारलाई आफ्नो गर्भमा धारण गर्ने देवी कुष्माण्डा हुन्। श्री दुर्गा सप्तशतीमा पनि उनका स्वरूपको व्याख्या ‘कुत्सितः ऊष्मा कुष्मा-त्रिविधतापयुतः संसारः, स अण्डे मांसपेश्यामुदररुपायां यस्याः सा कूष्माण्डा’ उल्लेख गरिएको छ।

नवरात्रको पहिलो दिन घटस्थापना गरी जमरा राख्ने परम्परा अनुसार शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी र तेस्रो दिन चन्द्रघण्टाको पूजा गरिएको थियो। आज चौथो दिन कुष्माण्डा देवीको पूजा हुँदैछ भने आगामी दिनहरूमा क्रमशः स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्रीको पूजाआराधना गरिने शास्त्रीय विधान छ।

नवरात्रभरि दुर्गा सप्तशती (चण्डी) र श्रीमद्देवीभागवत जस्ता स्तोत्रहरूको पाठ गरिन्छ। भक्तजनको विश्वासअनुसार देवीको आराधनाले शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक महत्व छ।

काठमाडौं उपत्यकाका गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नक्साल भगवती, शोभा भगवती, विजेश्वरी, इन्द्रायणी लगायतका मन्दिरहरूमा बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ। त्यस्तै उपत्यकाबाहिर पलाञ्चोक भगवती, छिन्नमस्ता, गढीमाई, मनकामना, बागलुङ कालिका, विन्ध्यवासिनी लगायतका शक्तिपीठहरूमा पनि भक्तजनको आगमन उच्च रहेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय