
प्रधानमन्त्री सुशिला कार्कीले फागुन २१ गतेभित्रै निर्वाचन गराउने तयारी सरकारले थालिसकेको बताएकी छन्।
देशबासीका नाममा सम्बोधन गर्दै उनले मुलुकलाई निकास दिन निष्पक्ष र स्वच्छ निर्वाचन आवश्यक भएको बताइन्। प्रधानमन्त्रीले भनिन्, “सरकार फागुन २१ गते स्वतन्त्र र निष्पक्ष निर्वाचन गर्न प्रतिबद्ध छ।”
सम्बोधनमा उनले जेनजी आन्दोलनको क्रममा विद्यार्थी र युवाको मृत्यु हुनेगरी भएको घटनाका दोषीलाई कानुनी कारबाही गर्ने प्रतिबद्धता जनाइन्।
त्यस्तै उनले १८ वर्ष पुगेका युवालाई मताधिकार प्रदान गर्ने र मतदाता नामावली अध्यावधि गर्ने व्यवस्था अध्यादेशमार्फत भइसकेको जानकारी दिइन्। साथै, विदेशमा रहेका नेपालीलाई पनि विदेशबाटै मतदानमा सहभागी गराउने सम्भावनाबारे छलफल भइरहेको बताइन्।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।