२०८३ जेष्ठ २९ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
काभ्रे बस दुर्घटना : आठ जनाको मृत्यु, उद्धार जारी | सांसदको प्रश्नपछि वाग्लेको टिप्पणी– विनियोजन विधेयक नपढिएको जस्तो लाग्यो | अर्थमन्त्री वाग्ले प्रकरणमा छानबिन नहुने, सरकार भन्छ– स्पष्टीकरण पर्याप्त | रास्वपा अधिवेशनस्थलबाहिर जेन–जी पक्षधरको धर्ना | आइतबार चीन भ्रमणमा जाँदै परराष्ट्रमन्त्री शिशिर खनाल | अन्तिम १० मिनेटमा चम्कियो दक्षिण कोरिया विश्वकपको पहिलो खेलमै महत्वपूर्ण जित | सांसद रञ्जुको प्रश्न– ह्वाट्सएप ह्याक गरेर लुटिएको पैसा कहाँ गइरहेको छ ? | समस्याग्रस्त दुई सहकारीका १३२ जना ऋणीको नाम सार्वजनिक | यो कम्युनिस्ट पार्टीको होइन, रास्वपाको बजेट हो : अर्थमन्त्री वाग्ले | कोशी सभापतिमा पराजित भएपछि सरिन तामाङको घोषणा– ‘आजबाट राजनीतिक बिट मारें’ |

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै स्थगित भएको मतदाता नामावली सङ्कलन कार्य पुनः सुरु हुने भएको छ।

निर्वाचन आयोगका अनुसार यो प्रक्रिया असोज ३० गतेसम्म सञ्चालन हुनेछ। यस अवधिमा १६ वर्ष उमेर पूरा गरी नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेका तर अहिलेसम्म नाम दर्ता नगरेका नागरिकले दर्ता गर्न सक्नेछन्।

दर्ता प्रक्रिया सार्वजनिक विदा बाहेक प्रत्येक दिन बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म प्रदेश र जिल्ला निर्वाचन कार्यालयमार्फत गर्न सकिने व्यवस्था गरिएको छ। इच्छुक नागरिकले आयोगको वेवसाइट www.election.gov.np मा प्रि–रजिष्ट्रेशन गरी आवेदन भरेपछि सम्बन्धित कार्यालयमा गई आफ्नो जैविक (Biometric) विवरण उपलब्ध गराउनुपर्नेछ।

यस क्रममा विवाह भई अन्यत्र गएका वा बसाइँ सराइ गरेका मतदाताले नामसारी गर्न सक्नेछन्। साथै नाम वा विवरणमा त्रुटि भए सच्याउन पनि सकिने व्यवस्था आयोगले गरेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय