२०८३ जेष्ठ २९ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
काभ्रे बस दुर्घटना : आठ जनाको मृत्यु, उद्धार जारी | सांसदको प्रश्नपछि वाग्लेको टिप्पणी– विनियोजन विधेयक नपढिएको जस्तो लाग्यो | अर्थमन्त्री वाग्ले प्रकरणमा छानबिन नहुने, सरकार भन्छ– स्पष्टीकरण पर्याप्त | रास्वपा अधिवेशनस्थलबाहिर जेन–जी पक्षधरको धर्ना | आइतबार चीन भ्रमणमा जाँदै परराष्ट्रमन्त्री शिशिर खनाल | अन्तिम १० मिनेटमा चम्कियो दक्षिण कोरिया विश्वकपको पहिलो खेलमै महत्वपूर्ण जित | सांसद रञ्जुको प्रश्न– ह्वाट्सएप ह्याक गरेर लुटिएको पैसा कहाँ गइरहेको छ ? | समस्याग्रस्त दुई सहकारीका १३२ जना ऋणीको नाम सार्वजनिक | यो कम्युनिस्ट पार्टीको होइन, रास्वपाको बजेट हो : अर्थमन्त्री वाग्ले | कोशी सभापतिमा पराजित भएपछि सरिन तामाङको घोषणा– ‘आजबाट राजनीतिक बिट मारें’ |

पर्साको छिपरमाई गाउँपालिका–५ भिस्वामा दुई समूहबीच झडप हुँदा गोली चलेको छ। सो क्रममा एक किशोर घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदीपराज पाठकका अनुसार बेलुकी सवा ७ बजे गाउँपालिका कार्यालय भवन पछाडिको सडकमा झडप भएको थियो। त्यही क्रममा गोली लागेर भिस्वाका १६ वर्षीय गोलु आलम धुनिया घाइते भएका हुन्।

धुनियाको तिघ्रामा गोली लागेको र तत्कालै उपचारका लागि वीरगन्जस्थित नारायणी अस्पताल पुर्‍याइएको प्रहरीले जनाएको छ। अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी एसपी पाठकले दिए।

घटनापछि प्रहरीले झडपमा संलग्न तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ। गोली चलाउने व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय