२०८२ मंसिर २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
लगातार ६ जितको चमत्कार लुम्बिनीले जित्यो एनपीएल सिजन–२ | फाइनलमा लुम्बिनीको दबदबा सुदूरपश्चिम ८५ रनमै अलआउट | एमाले जनताको मन–मनमा र मुटु–मुटुमा बसेको पार्टी हो : केपी शर्मा ओली | मधेशका पुल निर्माण अलपत्र भएपछि कुलमान घिसिङले दिए चेतावनी | जित–हारभन्दा माथि उठेर एनपीएलले राष्ट्रलाई जोडेको छ : प्रधानमन्त्री कार्की | एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा प्रचण्ड र माधव नजाने | एमाले महाधिवेशनका लागि १०८ प्रतिनिधि मनोनीत कुल संख्या २,२६२ पुग्यो | १०८ प्रतिनिधिको नाममा एकलौटी निर्णय भएको पोखरेल पक्षको आरोप | एमाले ११औँ महाधिवेशन : कडा सुरक्षा व्यवस्थाबीच सल्लाघारीमा प्रतिनिधिहरूको प्रवेश | रवि लामिछानेमाथि सरकारको धारणा खोज्दै रास्वपा |

पर्साको छिपरमाई गाउँपालिका–५ भिस्वामा दुई समूहबीच झडप हुँदा गोली चलेको छ। सो क्रममा एक किशोर घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदीपराज पाठकका अनुसार बेलुकी सवा ७ बजे गाउँपालिका कार्यालय भवन पछाडिको सडकमा झडप भएको थियो। त्यही क्रममा गोली लागेर भिस्वाका १६ वर्षीय गोलु आलम धुनिया घाइते भएका हुन्।

धुनियाको तिघ्रामा गोली लागेको र तत्कालै उपचारका लागि वीरगन्जस्थित नारायणी अस्पताल पुर्‍याइएको प्रहरीले जनाएको छ। अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी एसपी पाठकले दिए।

घटनापछि प्रहरीले झडपमा संलग्न तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ। गोली चलाउने व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय