२०८२ चैत्र १९ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
एमाले संसदीय दलको नेतामा 'बादल' निर्विरोध: सुहाङको दाबी फिर्ता गर्न लगाईयो ! | उच्च अदालतको फैसलाले महेश बस्नेत विरुद्ध शोभा पाठकले लगाएको आरोप खारेज | चरित्रहत्या विरुद्ध उजुरी दिन साइबर ब्यूरो पुगिन् अमिशा पराजुली | को बन्ला बालेन सरकारको महान्यायाधिवक्त्ता? | प्रधानन्यायाधीश पद रिक्त भएपछि कामु प्रधानन्यायाधीशमा सपना प्रधान मल्लको इन्ट्री | पोखरामा अवैध ‘ट्रान्स पार्टी’मा छापा विदेशीसहित ३८ जना पक्राउ | सुनको मूल्यमा भारी उछाल चाँदी पनि महँगियो | पुरानै टिममा भरोसा बालेनले सुरेन्द्र बजगाईंलाई दिए प्रेस संयोजकको जिम्मा | एमाले प्रदर्शनमा कुटिएका वृद्धलाई गृहमन्त्री सुदन गुरुङले घरमै गएर भेटे | ललितपुरमा एमालेको प्रदर्शनका क्रममा वृद्धमाथि आक्रमणमा संलग्न युवक प्रहरी नियन्त्रणमा |

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्दै छ। कमलादीस्थित प्रज्ञा भवनमा बिहान ११ बजेपछि दोस्रो दिनको बैठक सुरु हुने भएको हो।

बैठकको पहिलो दिन बिहीबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै पार्टी पुनर्गठन र नयाँ नेतृत्वका लागि मंसिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव राखेका थिए। उनले सबै विद्यमान समिति विघटन गरी महाधिवेशन आयोजक समितिको संयोजक आफू रहने आकांक्षा राखेका छन्।

तर प्रचण्डको प्रस्तावमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्माले असहमति जनाएका छन्। जेन–जी आन्दोलनपछि बनेको नयाँ राजनीतिक परिस्थितिबारे नेताहरूबीच फरक धारणा सार्वजनिक भइरहेको छ। प्रचण्डले विशेष महाधिवेशन बोलाउने अडान लिएका छन् भने श्रेष्ठले कार्यवाहक अध्यक्ष आफू बन्नुपर्ने दाबी गरेका छन्। अर्कोतर्फ, शर्माले सबै पदाधिकारीले सामूहिक राजीनामा दिई नयाँ पुस्तालाई नेतृत्व सुम्पिनुपर्ने धारणा राखेका छन्।

आजको बैठकमा विभिन्न १० समूहका टोली नेताहरूले आफ्ना धारणा राख्नेछन्। त्यसपछि शीर्ष नेतृत्वले जवाफ दिने कार्यसूची रहेको छ।

बिहीबारको बैठक भने तनावपूर्ण बनेको थियो। नेताहरू भ्रष्ट भएकै कारण माओवादी कमजोर बनेको विषय उठेपछि विवाद चर्किएको थियो। समूहगत छलफलका क्रममा केन्द्रीय सदस्य ओम शर्मामाथि झण्डै हातपातको अवस्था समेत सिर्जना भएको सहभागीहरूले बताएका छन्।

शर्माले प्रचण्डलाई ‘झोले र भ्रष्टाचार गर्ने समूहलाई आश्रय दिएको’ आरोप लगाएपछि अन्य सहभागीहरू आक्रोशित भएका थिए। “को हो झोले ? कसले गरेको छ भ्रष्टाचार ? देखाऊ,” भन्दै ती नेताहरू आक्रोशित भएका थिए। केहीले कठालो समाउनेसम्म गरेको र हातपात हुनै लागेको अवस्थामा अन्य सहभागीले रोकेको बताइएको छ।

आज टोली नेताहरूको धारणा सुनेर नेतृत्वले जवाफ दिने कार्यक्रम तय भएकाले विवाद थामिन्छ कि झन् चर्किन्छ भन्नेमा सबैको ध्यान केन्द्रित भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय