२०८३ असार ३ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
प्रधानमन्त्री र मन्त्रीहरूकै अभिव्यक्ति अराजक बन्दै गएको सांसद शर्माको आरोप | नेपाल टेलिभिजनका उपकरण खरिदबारे छानबिन सुरु, मन्त्रालयले गठन गर्‍यो समिति | मधेश प्रदेश अधिवेशनबारे रास्वपा सांसदसँग रवि लामिछानेको छलफल | सभामुखमाथि टिप्पणी गरेपछि रास्वपाले गर्‍यो आपत्ति | मेसीको ऐतिहासिक ह्याट्रिक : विश्वकपमै नयाँ कीर्तिमान ! | संसदमा नयाँ बहस– सभामुख प्रवेश गर्दा किन उठेनन् दुई मन्त्री ? | नवीकरण नगरेका औषधि पसलको प्रमाणपत्र स्वतः खारेज, विभागको सूचना | सेफ सन्तोष साह प्रकरण: सचिवालय भन्छ– “४ लाख ५० हजारको मुद्दामा ठूलो षड्यन्त्र” | चिकित्सा शिक्षा आयोगको निर्णय: छात्रवृत्ति अनुदान कार्यविधि २०८३ स्वीकृत | बजेट छलफलमै मन्त्री हराएपछि बैठक स्थगित |

जेनजी आन्दोलनका क्रममा भएको मानवीय र भौतिक क्षतिको छानबिनका लागि गठित उच्चस्तरीय जाँचबुझ आयोगले काम सुरु गरेको छ। बुधबार पद तथा गोपनीयताको शपथ लिएका आयोग पदाधिकारीहरूले बिहीबारदेखि काम थालेका हुन्।

आयोगको कार्यालय जिल्ला प्रशासन कार्यालय काठमाडौँ नजिकै रहेको मौसम पूर्वानुमान महाशाखाको भवनमा व्यवस्था गरिएको छ। नेपाल सरकारका सहसचिवलगायतका कर्मचारी आयोगमा खटाइएका छन्। मन्त्रीपरिषद्को असोज ५ गतेको निर्णयअनुसार पुनरावेदन अदालतका पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा आयोग गठन गरिएको हो।

आयोग अध्यक्ष कार्कीले आयोगले निष्पक्ष रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे। उहाँले भने, “हामी कार्यादेशअनुसार काम गर्छौँ। प्रमाणका आधारमा आन्दोलनका घटनाहरू कानुनसम्मत भए वा नभएको छानबिन गर्छौँ, कानुनविपरीत भएमा जिम्मेवारलाई कारबाहीका लागि राय दिनेछौँ।”

भदौ २३ र २४ गतेको आन्दोलनमा ७४ जनाको मृत्यु भएको थियो। त्यस्तै सिंहदरबार, सर्वोच्च अदालत, संसद् भवनलगायतका संरचना क्षतिग्रस्त भएका थिए। राजनीतिक दलका कार्यालय र नेताहरूका निजी सम्पत्तिमा पनि क्षति पुगेको थियो।

आन्दोलनपछि पीडितको मागअनुसार सरकारले आयोग गठन गरेको हो। आयोगमा पूर्वविशेष अदालतका अध्यक्षसमेत रहनुभएका कार्कीको नेतृत्वमा नेपाल प्रहरीका पूर्वएआइजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी सदस्य रहेका छन्। आयोगलाई तीन महिनाभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ।

कार्यादेश र अधिकार

आयोगलाई पाँच मुख्य कार्यादेश दिइएको छ। आन्दोलनका क्रममा भएको मानवीय तथा भौतिक क्षतिको छानबिन, त्यसका कारण पत्ता लगाउने, कारबाहीबारे सुझाव दिने, भविष्यमा यस्ता घटना दोहोरिन नदिन सिफारिस गर्ने र स्पष्ट कार्ययोजना तयार गर्ने आयोगको प्रमुख जिम्मेवारी हो।

आयोगले प्रमाण सङ्कलनका क्रममा अदालतसरहको अधिकार प्रयोग गर्न पाउनेछ। व्यक्तिलाई उपस्थित गराई बयान लिन, लिखत पेस गराउन वा नक्कल झिकाउन आदेश दिनसक्नेछ। आवश्यक भए खानतलासीसमेत गर्न आयोगलाई अधिकार दिइएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय