२०८३ जेष्ठ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
फास्ट ट्र्याकको गाडी दुर्घटना हुँदा इञ्जिनियर र चालकको मृत्यु | हिन्दुकुश क्षेत्रमा कम वर्षाको अनुमान, विपद्को जोखिम भने कायमै | काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने आज अन्तिम दिन | प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप | प्रधानमन्त्रीको अभिव्यक्तिको पैरवी सेनाले पनि गरिरहेको बादलको आरोप | संसदमा खुस्बु ओलीको गुनासो- ज्यान मार्नेदेखि बलात्कारसम्मको धम्की आयो | संसद्मा श्रम संस्कृति पार्टीको विरोध जारी, परराष्ट्रमन्त्री बोल्दा पनि अवरोध | मन्त्री बनेपछि सिंहदरबारमै डेरा सरे महावीर पुन, मन्त्रालयमै बस्ने तयारी | मन्त्रिपरिषद बैठकमा ‘स्थानीय उत्पादन’ अभियान, डीडीसीलाई विशेष प्राथमिकता |

नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को विलासी जीवनशैलीबारे गम्भीर प्रश्न उठेका छन्।

बैठकमा अध्यक्ष प्रचण्डले लगाउने ६४ लाख रुपैयाँको रोलेक्स घडी र उनकी छोरी गंगा दाहालसँग देखिएको २८ लाखको लुई भिटन ब्यागलाई लिएर आन्तरिक असन्तोष सतहमा आएको हो।

सार्क इन्चार्ज तथा केन्द्रीय सदस्य लक्ष्मण पन्तले लिखित प्रस्तावमार्फत घडी र ब्यागको स्रोतबारे प्रचण्डसँग स्पष्ट जवाफ मागे। उनले भने, “यदि मिडियामा आएका समाचार गलत छन् भने मानहानि मुद्दा हालेर प्रष्ट पार्नुस्। नभए सत्य जनतामाझ ल्याउनुस्।”

पन्तले पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको उपहार घोटाला प्रकरण उदाहरण दिँदै नेताको जीवनशैलीमा पारदर्शिता नहुँदा गम्भीर प्रश्न खडा हुने टिप्पणी गरे। उनले उपहारस्वरूप प्राप्त भए पनि महँगा सामग्रीलाई व्यक्तिगत प्रयोग गर्नु नैतिक दृष्टिले आपत्तिजनक हुने बताए।

पन्तले बैठकमा अन्य संवेदनशील विषय पनि उठाए। उनले अजय सुमार्गीको ‘हेलो नेपाल’ प्रकरणमार्फत राज्यलाई भएको करिब २० अर्ब रुपैयाँ क्षतिपूर्ति, जनमुक्ति सेनाको पीएलए फन्डमा जम्मा भएको २ अर्ब ८२ करोडको हिसाबकिताब, र १८ वर्षको सत्ताकालमा माओवादी नेताहरूको सम्पत्ति वृद्धिबारे जवाफ खोजे।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय