२०८३ श्रावण २६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
प्रतिनिधिसभामा साम्पाङको गुनासो– ‘देशमा सुरक्षा छैन, न्याय छैन, अवसर छैन’ | कप्तानी पाएपछि सन्दीपको रोहितलाई सन्देश– ‘तिम्रो योगदानको सधैं कदर हुनेछ’ | जापान पठाउने आश्वासनमा २ करोड ८० लाख असुली | के हो हत्याको धम्कीपछि ट्रम्प टर्कीबाट बेलायत गएको घटना? | घारखोला आयोजनाको विद्युत्गृहमा पहिरो एक बेपत्ता | सन्दीपको कमब्याकसँगै टिमबाट बाहिरिए यी नाम | जेन–जी आन्दोलनका घटनाबारे छलफल गर्दै लेखा समिति | ग्यास अभाव टार्न भारतसँग थप ५ हजार मेट्रिक टन ग्यास माग | प्रतिनिधिसभामा आज चार विधेयक प्रस्तुत हुँदै | नयाँ विधेयक: उडान ढिलाइ वा रद्द भए यात्रुले क्षतिपूर्ति पाउने |

विसं २०८१ असोजमा परेको विपद्का क्रममा आवास गुमाएका जिल्लाका पीडितहरूका लागि सरकारले अस्थायी आवास अनुदान वितरण कार्य अघि बढाएको छ। जिल्लाका १३ स्थानीय तहका तीन हजार १२८ परिवारलाई पहिलो किस्तामा रु ७ करोड ७९ लाख २५ हजार उपलब्ध गराइएको छ।

सरकारले पहिलो किस्तामा प्रतिघर परिवार रु २५ हजार र दोस्रो किस्तामा रु २५ हजार गरी कुल रु ५० हजार अनुदान वितरण गर्ने व्यवस्था मिलाएको थियो। हालसम्म बेथानचोक र रोशी गाउँपालिकाले मात्र दोस्रो किस्ताको रकम वितरण गरी पीडित परिवारसम्म पुर्‍याएका छन्।

पहिलो किस्तामा अनुदान पाउने प्रमुख स्थानीय तहहरूमा धुलिखेल, बनेपा, पनौती, पाँचखाल, मण्डनदेउपुर, नमोबुद्ध, चौँरीदेउराली, खानीखोला, रोशी, भुम्लु, तेमाल र बेथानचोक पर्दछन्।

विपद्का एक वर्ष बितिसक्दा पनि निजी आवासको विस्तृत क्षति आकलन अझै पूर्ण भएको छैन। गत वर्षको अविरल वर्षापछि आएको बाढीपहिरोले काभ्रेपलाञ्चोकमा ८१ जनाको ज्यान लिएको थियो भने करिब एक सय व्यक्ति घाइते भएका थिए।

सरकारले स्थायी घर निर्माणका लागि विस्तृत क्षति आकलन पूरा गर्ने र क्रमशः अनुदान उपलब्ध गराउने तयारी गरिरहेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय