२०८३ श्रावण २५ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode

नेपाल र वेस्ट इन्डिजबीचको युनिटी कप टी-२० सिरिज आज युएईको शारजाह क्रिकेट स्टेडियममा नेपाली समय अनुसार राति ८:१५ बजेबाट शुरु हुँदैछ।

यो सिरिज नेपालका लागि ऐतिहासिक मानिन्छ, किनभने नेपालले कुनै पनि टेस्ट क्रिकेट राष्ट्रसँग अन्तर्राष्ट्रिय सिरिज खेल्न लागेको पहिलो अवसर हो। सिरिजको दोस्रो खेल सेप्टेम्बर २९ र तेस्रो खेल सेप्टेम्बर ३० मा तय छ।

नेपालको १६ सदस्यीय टोली रोहित पौडेलको कप्तानीमा युएई पुगेको छ। टोलीमा रोहित कुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरि (उपकप्तान), कुशल मल्ल, आसिफ सेख, कुशल भुर्तेल, आदील आलम, लोकेस बम, करण केसी, नन्दन यादव, ललित नारायण राजवंशी, सन्दीप लामिछाने, गुलशन झा, सन्दीप जोरा, आरिफ सेख, सोमपाल कामी र साहब आलम रहेका छन्।

वेस्ट इन्डिजले अकील होसेनको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको छ। टिममा अकील होसेन (कप्तान), फेबियन एलन, ज्वेल एन्ड्रयू, अकिम अगस्टे, नविन बिदाइसे, जेदिया ब्लेड्स, केसी कार्टी, करीमा गोरे, जेसन होल्डर, अमिर जांगो, काइल मेयर्स, ओबेड म्याककोय, जिशान मोटारा, रामोन सिमन्ड्स र शमर स्प्रिंगर रहेका छन्।

यस सिरिजको कमेन्ट्री वेस्ट इन्डिजका पूर्व क्रिकेटर इयान बिशोप र आयरल्याण्डका एन्ड्रयू लियोनार्डले गर्नेछन्। लियोनार्डलाई नेपाली क्रिकेटको अघोषित ब्रान्ड एम्बासडर मानिन्छ र उनी नेपाललाई आफ्नो दोस्रो घर भन्छन्। नेपाली फ्यानहरूले उनलाई ‘टकलु दाई’को उपनाम पनि दिएका छन्।

नेपालका क्रिकेट प्रेमीहरू र फ्यानहरूले आजको खेलमा उत्साहपूर्वक टोलीको प्रदर्शन हेर्ने अपेक्षा राखेका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय