२०८३ आश्विन १३ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

बडादशैंअन्तर्गत नवरात्रको छैटौं दिन आइतबार देशभर कात्यायनी माताको पूजाआराधना गरिँदै छ। धार्मिक विश्वासअनुसार आजको दिन कात्यायनी भगवतीको पूजा गरे रोग, शोक, भय, दुःख र दरिद्र जस्ता संकट नाश हुने मान्यता छ।

आज बिहानैदेखि उपत्यकासहित देशभरका प्रमुख शक्तिपीठमा भक्तजनहरूको भीड लागेको छ। गुह्येश्वरी, दक्षिणकाली, कालिकास्थान, मैतीदेवी, इन्द्रायणी, तलेजु भवानी, विजेश्वरी, शोभा भगवती, नक्साल भगवती, भद्रकालीलगायत स्थानमा भक्तजनले दर्शन तथा पूजा आराधना गरिरहेका छन्।

नवरात्रको छैटौं दिन अष्टमातृका भगवतीको छैटौं शक्तिका रूपमा कात्यायनीको पूजा गर्ने परम्परा छ। धार्मिक ग्रन्थअनुसार कात्यायनी भगवती महर्षि कात्यायनकी छोरीको रूपमा जन्मिएकी थिइन् र उनले महिषासुरको वध गरेर धर्म र सत्यको रक्षा गरेकी थिइन्।

नवरात्रभर प्रत्येक दिन नवदुर्गाको पूजाआराधना गर्ने परम्परा रहेको छ। आज कात्यायनी देवीको पूजा गरिए पनि सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ।

यस वर्ष फूलपाती असोज १३ गते, महाअष्टमी असोज १४ गते, महानवमी असोज १५ गते र टीकाको शुभ साइत असोज १६ गते बिहान ९ बजेर २३ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय