२०८३ असार ५ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
संसदको रोष्ट्रमबाट ज्ञानेन्द्र शाहीको अर्थमन्त्री वाग्लेप्रति व्यंग्य ' शैक्षिक योग्यतानै इमानदारी होइन' | शिक्षामन्त्री पोखरेलद्वारा १५ मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक | महाधिवेशनअघि रविको ‘पावर बुस्ट' : रवि लामिछाने रास्वपाका सर्वशक्तिशाली सभापति बन्दै | दक्षिण कोरियामाथि जित निकाल्दै मेक्सिको विश्वकपको नकआउट चरणमा पुग्ने पहिलो टोली | ३५ दिनमै सार्वजनिक भयो कक्षा १२ को नतिजा | राहदानी छपाइ अनियमितता अनुसन्धानमा आरजु राणालाई अख्तियारको तीन दिनको म्याद | रुपन्देही मुद्दाको तारिख बुझ्न काठमाडौं जिल्ला अदालत पुगे रवि लामिछाने | रास्वपा महाधिवेशनमा गगन थापा र केपी ओलीलाई विशिष्ट अतिथिको निम्ता | अख्तियार प्रमुखलाई प्रधानमन्त्री कार्यालयमा थुनेको भन्दै कांग्रेसले माग्यो प्रधानमन्त्रीको जवाफ | आज प्रतिनिधिसभाबाट बजेट पारित गर्ने तयारी मन्त्रीहरूले दिदैछन जवाफ |

नेपाली काँग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमाको अवसरमा आयोजना हुँदै आएको परम्परागत चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रम नगर्ने निर्णय गरेको छ।

वि.सं. २०३३ सालमा निर्वासनबाट फर्किएका जननायक बी.पी. कोइरालाले ल्याएको ‘राष्ट्रिय एकता तथा मेलमिलाप’को नीतिपश्चात् काँग्रेसले हरेक वर्ष यो कार्यक्रम गर्दै आएको थियो। तर, गत भदौ २३ र २४ गतेको अप्रत्याशित राजनीतिक घटनाक्रमले मुलुकलाई गहिरो शोकमा डुबाएको भन्दै यस वर्षको कार्यक्रम स्थगित गरिएको हो।

आन्दोलनका क्रममा ७२ जनाभन्दा बढीले ज्यान गुमाएका थिए। साथै राष्ट्रपति भवन, प्रधानमन्त्री कार्यालय, संसद् भवन, सर्वोच्च अदालत, प्रहरी कार्यालय, पार्टीका ऐतिहासिक संरचना तथा व्यावसायिक प्रतिष्ठानमा आक्रमण, लुटपाट र आगजनी भएको काँग्रेसले जनाएको छ। सो क्रममा पार्टी सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य डा. आरजु राणा देउवासहित नेतामाथि पनि सांघातिक आक्रमण भएको विज्ञप्तिमा उल्लेख छ।

काँग्रेसले जारी गरेको सूचनामा भनिएको छ, “यो विषम परिस्थितिमा मुलुक शोकमा डुबेको छ। यतिबेला राष्ट्रिय एकता र मेलमिलाप अझै जरुरी छ।”

पार्टीले कार्यालयमा समेत आगजनी र ध्वंससहितको अवस्थाका कारण पनि यस वर्षको चियापान नगर्ने निर्णय गरेको स्पष्ट पारेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय