२०८३ श्रावण २६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode

प्रधानमन्त्री सुशीला कार्कीको मुख्य सल्लाहकारमा अजयभद्र खनाल नियुक्त हुनुभएको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले खनाललाई प्रधानमन्त्रीको मुख्य सल्लाहकारको पदमा नियुक्त गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले जानकारी दिनुभयो।

त्यसैगरी प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकारमा गोविन्द नारायण तिमल्सिना नियुक्त हुनुभएको छ। सञ्चारमन्त्री खरेलका अनुसार, मन्त्रिपरिषद् बैठकका अन्य निर्णय दसैँ बिदापछि नियमित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिनेछ।

खनालको नियुक्तिले प्रधानमन्त्री कार्यालयमा सल्लाह तथा नीति निर्माणमा थप सुदृढ सहयोग मिल्ने अपेक्षा गरिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय