२०८३ जेष्ठ २९ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
काभ्रे बस दुर्घटना : आठ जनाको मृत्यु, उद्धार जारी | सांसदको प्रश्नपछि वाग्लेको टिप्पणी– विनियोजन विधेयक नपढिएको जस्तो लाग्यो | अर्थमन्त्री वाग्ले प्रकरणमा छानबिन नहुने, सरकार भन्छ– स्पष्टीकरण पर्याप्त | रास्वपा अधिवेशनस्थलबाहिर जेन–जी पक्षधरको धर्ना | आइतबार चीन भ्रमणमा जाँदै परराष्ट्रमन्त्री शिशिर खनाल | अन्तिम १० मिनेटमा चम्कियो दक्षिण कोरिया विश्वकपको पहिलो खेलमै महत्वपूर्ण जित | सांसद रञ्जुको प्रश्न– ह्वाट्सएप ह्याक गरेर लुटिएको पैसा कहाँ गइरहेको छ ? | समस्याग्रस्त दुई सहकारीका १३२ जना ऋणीको नाम सार्वजनिक | यो कम्युनिस्ट पार्टीको होइन, रास्वपाको बजेट हो : अर्थमन्त्री वाग्ले | कोशी सभापतिमा पराजित भएपछि सरिन तामाङको घोषणा– ‘आजबाट राजनीतिक बिट मारें’ |

नेपाली मोटरस्पोर्ट्स खेलाडी आशिष (रोनी) भारतीले एसिया पेसिफिक मोटरस्पोर्ट्स च्याम्पियनसिपको अटोजिमखाना विधामा पहिलो स्थान हासिल गर्दै ऐतिहासिक स्वर्ण पदक जितेका छन्।

श्रीलंकाको कोलम्बोमा आइतबार सम्पन्न च्याम्पियनसिपमा रोनीले उत्कृष्ट प्रदर्शन गर्दै पोडियमको शीर्ष स्थानमा उक्लिएका हुन्। नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) का कार्यकारी निर्देशक गोविन्द भट्टराईले यो सफलता नेपाली मोटरस्पोर्ट्समा १६ वर्षमा पहिलो पटक आएको ऐतिहासिक उपलब्धि भएको बताए।

‘रोनीले एक दशकको मिहिनेत र निरन्तर अभ्यासबाट यो पदक जितेका हुन्,’ भट्टराईले भने, ‘यसले नेपालमा फोर ह्विलर र दुई ह्विलर दुवै विधामा मोटरस्पोर्ट्सको सम्भावना देखाएको छ।’

रोनीको यस सफलता नेपालमा मोटरस्पोर्ट्सलाई थप प्रोत्साहन दिने र अन्तर्राष्ट्रिय स्तरमा नेपाली खेलाडीको क्षमताको परिचय दिलाउने विश्वास गरिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय