२०८३ श्रावण २५ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आगामी तीन दिनसम्म देशका प्रमुख नदीमा पानीको बहाव बढ्ने अनुमान गरेको छ। विभागले विशेषगरी कोशी, नारायणी, कर्णाली, महाकाली, कन्काई, बागमती, राप्ती (पूर्वी र पश्चिमी) तथा बबई नदीमा जलस्तर उल्लेख्य बढ्ने चेतावनी दिएको छ।

हाल यी नदीमा बहाव खतराको तहभन्दा तल भए पनि तीव्र गतिमा बढ्दै जाने भएकाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

उच्च जोखिमका जिल्ला

पूर्वानुमानअनुसार इलाम, झापा, रामेछाप, काभ्रे, सोलुखुम्बु, खोटाङ, धादिङ, काठमाडौं, ललितपुर, भक्तपुर, सिन्धुपाल्चोक, मकवानपुर, नवलपरासी (पूर्व–पश्चिम), कास्की, तनहुँ, स्याङ्जा, पर्वत, गुल्मी, पाल्पा, प्यूठान, सल्यान, दैलेख, कालिकोट, बझाङ, दार्चुला र कञ्चनपुरमा आकस्मिक बाढीको उच्च जोखिम छ।

मध्यम जोखिमका जिल्ला

त्यस्तै, ताप्लेजुङ, संखुवासभा, दोलखा, सिन्धुली, रसुवा, म्याग्दी, बागलुङ, मनाङ, गोरखा, लमजुङ, सुर्खेत र बर्दियामा मध्यम जोखिम रहने पूर्वानुमान छ।

महाशाखाले साना नदी, खहरे खोलानाला र तटीय क्षेत्रमा बस्ने स्थानीयलाई सावधानी अपनाउन र आकस्मिक तयारीमा रहन आग्रह गरेको छ। साथै, बाढीसम्बन्धी जानकारी विभागको वेबसाइट र ‘नेपाल बाढी सूचना’ फेसबुक पेजमार्फत निरन्तर अपडेट लिइराख्न सुझाव दिइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय