२०८२ माघ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
रास्वपाका वरिष्ठ नेता बालेन्द्र साह सर्लाही भ्रमणमा | चुनावी दौडमा रहेका विनोद चौधरीको दुर्गेश थापासँग भेट | रुकुम पूर्वबाट दाङ जाँदै गरेको बोलेरो जिप सल्यानमा दुर्घटनाग्रस्त | नेकपा नै सबैभन्दा नयाँ पार्टी होः पुष्प्रकमल दाहाल प्रचण्ड | रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी | नोबेल शान्ति पुरस्कार विजेता नरगिस मोहम्मदीलाई साढे ७ वर्ष जेल सजाय | कुलमान घिसिङ भन्छन उज्यालो नेपाल सामाजिक सञ्जालबाट होइन, कामबाट स्थापित पार्टी हो | महेश बस्नेत भन्छन संसद पुनर्स्थापनाको विषयमा सर्वोच्च अदालत भाग्न पाउँदैन | रुपन्देहीको शान्ति नमूना माविका विद्यार्थी सवार बस दुर्घटना | प्रत्यक्षतर्फ २५ जिल्लाका ३० लाख मतपत्र छापिएको छ |

नवघोषित कुमारी आर्यतारा शाक्यले आज मंगलबार कुमारीघरमा विधिवत् रूपमा आसन ग्रहण गर्ने भएकी छन्।

स्थानीय इटुम्बहालकी साढे दुई वर्षीया आर्यतारालाई मध्याह्नको शुभसाइतमा विशेष बाजागाजासहित कुमारीघरमा प्रवेश गराइने र जीवित देवीको रूपमा आसन ग्रहण गराइने तयारी पूरा भएको कुमारीघर व्यवस्थापन समितिका संयोजक गौतम शाक्यले जानकारी दिए।

आसन ग्रहण पछि नवकुमारीलाई तलेजु भवानी मन्दिरमा दर्शनका लागि लैजाने परम्परा अनुसार यात्रा गराइनेछ। पूजाआजा गरिने जीवित देवी कुमारीलाई महालक्ष्मीको प्रतीकका रूपमा मानिन्छ। तत्कालीन राजा जयप्रकाश मल्लले कुमारी परम्परा आरम्भ गरेको इतिहास रहेको छ।

कुमारी छनोट प्रक्रियामा गुठी संस्थान, पञ्चाङ्ग निर्णायक समिति तथा सरोकार भएका पक्षहरूको सल्लाह–परामर्शपछि आर्यतारालाई नयाँ कुमारीका रूपमा चयन गरिएको थियो। समितिका अनुसार यसअघि सबै बहालहरूलाई नाम सिफारिस गर्न पत्राचार गरिएको थियो।

परम्पराअनुसार कोजाग्रत पूर्णिमाको दिन राष्ट्रप्रमुखले पनि नवकुमारीको दर्शन गर्ने परम्परा रहेको व्यवस्थापन समितिले जनाएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय