२०८३ श्रावण २५ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode

कृत्रिम बुद्धिमत्ता प्रविधिमा काम गर्दै आएको कम्पनी ओपनएआई हालै सम्पन्न सेकेन्डरी सेयर बिक्रीपछि विश्वकै सबैभन्दा मूल्यवान कम्पनी बनेको छ। यस प्रक्रियाबाट कम्पनीको मूल्यांकन करिब ५ सय अर्ब डलर पुगेको छ, जसले एलोन मस्कको कम्पनी स्पेसएक्सलाई पनि पछाडि पारेको छ।

यस कारोबारमा हालका र पूर्व कर्मचारीहरूले करिब ६.६ अर्ब डलर बराबरका सेयर लगानीकर्तालाई बिक्री गरेका छन्। यसले कम्पनीमा नयाँ लगानीकर्ताको प्रवेशसँगै बजार मूल्यांकन अझ उकासिएको छ।

यसअघि सन् २०२५ को मार्च महिनामा सफ्टबैंक नेतृत्वमा गरिएको लगानी राउन्डमार्फत ओपनएआईको मूल्यांकन करिब ३ सय अर्ब डलर पुगिसकेको थियो। तर पछिल्लो सेकेन्डरी कारोबारपछि उक्त मूल्यांकन अझै बढेको देखिन्छ।

स्पेसएक्सको मूल्यांकन अघिल्लो वर्ष करिब ४ सय अर्ब डलर रहेको अनुमान गरिएको थियो। ओपनएआईको पछिल्लो मूल्यांकनसँगै यो कम्पनी अब विश्वकै सबैभन्दा मूल्यवान स्टार्टअपको रूपमा स्थापित भएको छ।

सुदिप पौडेल
+ posts

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय