
विजयादशमीका दिनदेखि सुरु भएको टीका र जमरा ग्रहण गर्ने परम्परा आज तेस्रो दिन पनि उत्साहसाथ जारी छ त्यसबीच टिकाको दोश्रो दिन हिजोबाट काठमाडौं उपत्यकासहित बागमती, मधेस, गण्डकी र लुम्बिनी प्रदेशमा अहिले अविरल वर्षा भइरहेको छ। काठमाडौंमा त शुक्रबार रातिदेखि नै अविरल वर्षा भइरहेको छ। काठमाडौंमा अहिले मध्यम वर्षा छ। बंगालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त मनसुनी वायुले अहिले काठमाडौंसहित पाँच प्रदेशमा मध्यम वर्षा गराइरहेको हो।
आश्विन शुक्ल द्वादशीका अवसरमा राजधानी काठमाडौंसहित देशभर आफन्त तथा मान्यजनकहाँ पुगेर निधारमा टीका, कानमा जमरा सिउरँदै सुख, शान्ति र समृद्धिको आशीर्वाद लिने क्रम चलेको हो।
नवदुर्गाको नौ दिनसम्म पूजा आराधना गरी विजयादशमीमा देवी विसर्जन गरेपछि टीका र आशीर्वाद ग्रहण गर्ने परम्पराले पारिवारिक तथा सामाजिक बन्धनलाई अझ गहिरो बनाएको देखिन्छ। विशेषगरी टाढा रहेका आफन्तसँग भेटघाट गर्ने अवसरका रूपमा पनि दशैंलाई मनाइने भएकाले गाउँदेखि शहरसम्म चहलपहल देखिएको छ।
राजधानी उपत्यकामा बिहानैदेखि मानिसहरू आफन्तको घरमा पुग्ने क्रम चलेको छ भने ग्रामिण क्षेत्रमा पनि घर–घरमा टीका थाप्ने वातावरण बनेको छ। कतिपयले यस अवसरलाई बिदाको सदुपयोग गर्दै आफ्नो गाउँठाउँ फर्किएर आशीर्वाद ग्रहण गरिरहेका छन्।
तर, पश्चिम नेपालका केही जिल्लामा भने दशैंको टीका केवल विजयादशमीकै दिन लगाउने चलन रहिआएको छ। यद्यपि, अधिकांश स्थानमा कोजाग्रत पूर्णिमासम्म टीका र जमरा ग्रहण गर्ने परम्परा कायम छ।
यसरी दशैंमा टीका, जमरा मात्र नभई आफन्तसँग आत्मीयता साट्ने, सम्बन्धलाई अझ मजबुत बनाउने र खुसी साझा गर्ने अवसरका रूपमा पर्वले विशेष महत्त्व पाएको छ।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।