२०८२ चैत्र १६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
ब्रिज कोर्सदेखि संविधान संशोधनसम्म: मन्त्रिपरिषद् बैठकका निर्णय | नेता तथा कार्यकर्तालाई मन्त्रालयमा अनावश्यक भेटघाट नगर्न रास्वपाको निर्देशन | सर्वोच्चद्वारा ओलीलाई छोड्न अस्वीकार, कारण देखाऊ आदेश जारी | सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु | सर्वोच्चद्वारा रमेश लेखकलाई रिहा गर्न अस्वीकार! केपी ओलीको रिट के होला ? | सांसदसँग छलफलमा बालेन: जनताले अनुभूति गर्ने कामको सूची माग | युवती जलाएर हत्या घटनामा कडा कारबाहीको माग बढ्दो | किन हटाइयो इन्ट्रान्स र ब्रिज कोर्स बन्द गर्ने निर्णयको सूचना? | मन्त्रीहरूपछि सांसदसँग संवादमा जुटे प्रधानमन्त्री बालेन्द्र शाह | ओली र लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन छुट्टाछुट्टै इजलासमा |

राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हाल बिरामीको संख्या तीव्रगतिमा बढ्दै गएको छ। पछिल्लो आर्थिक वर्ष २०८१/०८२ मा मात्रै २ लाख १८ हजारभन्दा बढी बिरामीले यहाँको सेवा लिएका छन्। बिरामीको बढ्दो चापसँगै अस्पतालमा शैय्या अभाव हुने अवस्था देखिएको छ।

प्रतिष्ठानका तथ्यांकअनुसार चालु वर्षमा वहिरंग सेवा लिने बिरामी २ लाख ४ हजार १ सय जना र अन्तरंग (भर्ना) सेवा लिने बिरामी १३ हजार ९ सय ७९ जना रहेका छन्। अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा यो संख्या १ लाख ७६ हजार ९ सय ७४ मात्र थियो।

त्यसअघि आर्थिक वर्ष २०७९/८० मा १ लाख ६० हजार ६ सय ५८ जना बिरामीले मात्र सेवा लिएका थिए। यसले पछिल्ला तीन वर्षयता बिरामीको संख्या निरन्तर बढिरहेको स्पष्ट देखाउँछ।

प्रतिष्ठानका सूचना अधिकारीका अनुसार बिरामीको चाप बढ्नुका पछाडि विशेषज्ञ सेवा, आधुनिक उपकरण र सेवाको पहुँच विस्तार मुख्य कारण हुन्।

युरोलोजी र युरो सर्जरी सेवा पनि सञ्चालनमा आइसकेको छ। आगामी महिनाभित्र ४ सय शैय्या क्षमताको नयाँ भवन निर्माण कार्य सुरु हुने लम्सालले बताए।

साथै, प्रतिष्ठानले सामुदायिक स्वास्थ्य सेवा विस्तार गर्दै रोल्पाको होलेरी र त्रिवेणीमा नयाँ स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याएको छ। एमबिबिएस कार्यक्रम पनि सहज रूपमा सञ्चालन भइरहेको छ।

हाल प्रतिष्ठानमा ३ सय २० ओटा शैय्या सक्रिय छन्। तर बिरामीको चाप तीव्र गतिमा बढेकाले थप शैय्या र स्वास्थ्यकर्मीको आवश्यकता बढेको देखिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय