
जेन-जीको एक समूहले धम्की दिएको भन्ने समाचारपछि आज विहानैदेखि काठमाडौंका संवेदनशील स्थानमा प्रहरी परिचालन गरिएको छ। विशेष गरी प्रधानमन्त्री निवास, बालुवाटार र अख्तियार दुरुपयोग अनुसन्धान आयोग वरिपरि सुरक्षा कडा गरिएको छ।
प्रहरीको विशेष कमाण्डो टोली स्थायी रूपमा तैनाथ गरिएको छ। प्रहरी अधिकारीहरूका अनुसार , “सुरक्षामा चुनौती आएमा भिड नियन्त्रण गर्न र आवश्यक परे बल प्रयोग गर्न टोलीलाई अधिकार दिइएको छ।”
यो कदम सोमबार राति भएको घटनापछि उठाइएको हो। उक्त रात, सुधन गुरुङ नेतृत्वको समूहले प्रहरी कार्यालय पुगेर पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउ गर्न जाहेरी दर्ता गर्न गएको थियो ।
तर, सुधन गुरुङले उनले कुनै पनि सरकारी अधिकारीलाई धम्की नदिएको र “मिडियाले रिपोर्ट गरेको कुरा वास्तविकता नभएको स्पष्ट पारेका छन्
यस घटनापछि काठमाडौंका संवेदनशील स्थलमा सुरक्षा कडा गरिएकोले शहरमा सतर्कता बढेको छ। प्रहरी स्रोतका अनुसार, आगामी दिनमा सुरक्षा व्यवस्थालाई अझ सुदृढ पार्ने तयारी गरिएको छ।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।