
प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनबारे आयोगका पदाधिकारीसँग ब्रिफिङ लिदै चुनावका लागि आवश्यक सम्पूर्ण स्रोत साधन उपलब्ध गराउने प्रतिबद्धता जनाएकी छन् ।उनले आयोग पदाधिकारीहरूलाई मंगलबार भेट गर्दै सरकारको सम्पूर्ण ध्यान चुनावमै केन्द्रित रहेकाले त्यसका लागि आयोगको आवश्यकता अनुसारका काम गर्ने बताएकी छन् ।
निर्वाचन सौहार्द्धपूर्ण वातावरणमा सम्पन्न गर्न सरकारले सबै वातावरण बनाउँछ । त्यसका लागि के स्रोत साधन चाहिन्छ जानकारी गराउनुहोस् भन्नुभएको छ’ कार्यवहाक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले अनलाइनखबरसँग भने ।
आयोग पदाधिकारीहरूले अहिलेसम्म आयोगले गरेको कार्यप्रगति र कार्यप्रणालीका बारेमा प्रधानमन्त्री कार्कीलाई ब्रिफिङ गरेका थिए ।
गत भदौ २३ र २४ गतेको ‘जेनजी’ प्रदर्शनपछि पूर्वप्रधानन्यायाधीश कार्कीको नेतृत्वमा सरकार गठन र प्रतिनिधिसभा विघटन भई आगामी फागुन २१ गतेका लागि निर्वाचन घोषणा गरिएको छ । निर्वाचनका लागि मतदाता नामावली संकलनका लागि अध्यादेश पनि जारी भएको छ ।