२०८३ जेष्ठ २९ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
काभ्रे बस दुर्घटना : आठ जनाको मृत्यु, उद्धार जारी | सांसदको प्रश्नपछि वाग्लेको टिप्पणी– विनियोजन विधेयक नपढिएको जस्तो लाग्यो | अर्थमन्त्री वाग्ले प्रकरणमा छानबिन नहुने, सरकार भन्छ– स्पष्टीकरण पर्याप्त | रास्वपा अधिवेशनस्थलबाहिर जेन–जी पक्षधरको धर्ना | आइतबार चीन भ्रमणमा जाँदै परराष्ट्रमन्त्री शिशिर खनाल | अन्तिम १० मिनेटमा चम्कियो दक्षिण कोरिया विश्वकपको पहिलो खेलमै महत्वपूर्ण जित | सांसद रञ्जुको प्रश्न– ह्वाट्सएप ह्याक गरेर लुटिएको पैसा कहाँ गइरहेको छ ? | समस्याग्रस्त दुई सहकारीका १३२ जना ऋणीको नाम सार्वजनिक | यो कम्युनिस्ट पार्टीको होइन, रास्वपाको बजेट हो : अर्थमन्त्री वाग्ले | कोशी सभापतिमा पराजित भएपछि सरिन तामाङको घोषणा– ‘आजबाट राजनीतिक बिट मारें’ |

कपुरबोट मिडियाका सञ्चालक तथा पत्रकार सन्तोष देउजाले नेकपा (माओवादी केन्द्र) का नेता जनार्दन शर्मामाथि अमेरिका र अन्य देशमा गैरकानुनी सम्पत्ति लुकाएको गम्भीर आरोप लगाएका छन्।

सामाजिक सञ्जाल फेसबुकमा मार्फत  पोस्ट  सार्वजनिक गर्दै देउजाले अमेरिकाको न्यूयोर्कमा भेटिएका एक नेपाली उबर चालकको अनुभव उद्धृत गर्दै भनेका छन्, “त्यो ग्याँस स्टेशन त तपाईंको नेताकै रहेछ त्यही मुसाले तार काट्ने भन्नेको। अमेरिका भरि त्यस्ता ग्याँस स्टेशन कति छन् कति।”

देउजाले जनार्दन शर्मामाथि अमेरिकामा विभिन्न नाममा सम्पत्ति लुकाएको र लगानी गरेको शंका व्यक्त गरेका छन्।
उनले लेखेका छन्, “शर्मा आफैं भन्छन्, सम्पत्ति छानबिन गरौं। तर सबै अरूका नाममा लगानी गर्दा छानबिनमा देखिने कुरै हुँदैन। यो ‘जो चोर, उसैको ठूलो स्वर’ भन्ने ठ्याक्कै त्यही हो।”

“सत्य के हो त्यो अदालतले ठहर गर्ला,”  “नेताहरूको इमेज यति बिग्रिसकेको छ कि अब आम मानिसले पनि पेट्रोल पम्प देख्दा नेता सम्झन्छ।” उनले लेखका छन् ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय