२०८२ मंसिर २६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
रवि लामिछानेमाथि सरकारको धारणा खोज्दै रास्वपा | पाल्पामा जीप दुर्घटना : ३ जनाको मृत्यु ९ घाइते | सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै आज चार नयाँ अनुहार मन्त्री बन्दै | एमालेको महाधिवेशनलाई ध्यानमा राख्दै नागढुङ्गा मलेखु सडक दुई दिन खुला | धुर्मुसको स्पष्टीकरण : ‘भागेका होइनौँ, छोरीको उपचारका लागि अमेरिका आएका हौँ’ | रास्वपाले समानुपातिक नाम दर्ताको म्याद पुस ५ सम्म बढायो | जेन–जी आन्दोलनमा ८४ अर्ब क्षति, पुनर्निर्माणका लागि ३६ अर्ब बजेट आवश्यक | अर्थ मन्त्रालयको बदमासी कि प्राविधिक समस्या? मधेशको बजेट ‘फ्रीज’को वास्तविकता के हो? | जेनजी–सरकार सम्झौतामा दलहरूको शङ्का : वैधानिकता र कार्यान्वयनमै प्रश्न | विराटनगरलाई ४० रनले हराउँदै लुम्बिनी फाइनलमा |

नेपाली महिला क्रिकेट टोलीले मलेसियामाथि प्रभावशाली प्रदर्शन गर्दै पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय शृङ्खला ३–२ ले आफ्नो पक्षमा पारेको छ । मलेसियाको बायोमास क्रिकेट ओभल मैदानमा बुधबार सम्पन्न अन्तिम तथा निर्णायक खेलमा नेपालले मलेसियालाई पाँच विकेटले पराजित गर्दै श्रृंखला जितेको हो ।

मलेसियाले टस जितेर पहिले ब्याटिङ गरेको थियो । निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १०३ रनको योगफल बनायो । मलेसियाका विनिफ्रेड दुराइसिंघमले उत्कृष्ट ४० रनको योगदान दिँदा माहिरा इज्जती इस्माइलले १९ रन जोडेकी थिइन् । नेपालका लागि कविता कुँवर र राजमति ऐरीले सानदार बलिङ गर्दै समान तीन–तीन विकेट लिँदै मलेसियाको इनिङ्सलाई नियन्त्रणमा राखे ।

१०४ रनको लक्ष्य पछ्याएको नेपालले सन्तुलित ब्याटिङ गर्दै १८ ओभरमै जित हात पार्‍यो । ओपनर रुवि पोदारले २६ रनको महत्वपूर्ण योगदान दिँदा पूजा महतोले २३ रन बनाएर टोलीलाई स्थिर सुरुवात दिलाइन् । कप्तान रुविना क्षेत्री १५ रनमा अविजित रहिन् भने सम्झना खड्काले १३ रन जोडेकी थिइन् ।

सिरिजको पहिलो दुई खेलमा मलेसियाले तीन र १३ रनले जित हात पारेको थियो भने त्यसपछिका तीन खेलमध्ये दुईमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै विजयी हुँदै श्रृंखला जितेको हो ।

सिरिज जितसँगै नेपाली महिला टोलीले आत्मविश्वासका साथ आगामी खेलहरूमा राम्रो प्रदर्शन गर्ने संकेत दिएको छ । कप्तान रुविना क्षेत्रीले जितपछि भनिन्, “यो श्रृंखला हाम्रो समर्पण र सामूहिक मेहनतको परिणाम हो । अब हामी अझ ठूला लक्ष्यतर्फ अघि बढ्नेछौँ।”

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय