२०८२ चैत्र १९ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
संसद् अधिवेशन सुरु: गृहमन्त्रीद्वारा ३ अध्यादेश प्रस्तुत गर्ने तयारी | आजदेखि एसईई सुरु ५ लाख १२ हजारभन्दा बढी विद्यार्थी सहभागी | एमाले संसदीय दलको नेतामा 'बादल' निर्विरोध: सुहाङको दाबी फिर्ता गर्न लगाईयो ! | उच्च अदालतको फैसलाले महेश बस्नेत विरुद्ध शोभा पाठकले लगाएको आरोप खारेज | चरित्रहत्या विरुद्ध उजुरी दिन साइबर ब्यूरो पुगिन् अमिशा पराजुली | को बन्ला बालेन सरकारको महान्यायाधिवक्त्ता? | प्रधानन्यायाधीश पद रिक्त भएपछि कामु प्रधानन्यायाधीशमा सपना प्रधान मल्लको इन्ट्री | पोखरामा अवैध ‘ट्रान्स पार्टी’मा छापा विदेशीसहित ३८ जना पक्राउ | सुनको मूल्यमा भारी उछाल चाँदी पनि महँगियो | पुरानै टिममा भरोसा बालेनले सुरेन्द्र बजगाईंलाई दिए प्रेस संयोजकको जिम्मा |

प्रधानमन्त्री सुशीला कार्कीले जेन–जी आन्दोलनपछि नेपालको राजनीतिक र सामाजिक क्षेत्रमा आएको परिवर्तनका बारेमा अन्तर्राष्ट्रिय समुदायलाई स्पष्ट जानकारी गराउन निर्देशन दिएकी छिन्।

बुधबार परराष्ट्र मन्त्रालयमार्फत विदेशस्थित नेपाली नियोगका प्रमुखहरूसँग गरिएको भर्चुअल बैठकमा प्रधानमन्त्री कार्कीले नेपालमा भएको स्थायित्व र सुधारका विषयमा सम्बन्धित मुलुक तथा संस्थाहरूसँग सक्रिय समन्वय गर्न आग्रह गरिन्।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीका अनुसार प्रधानमन्त्रीले हालको सरकार जनआन्दोलनबाट बनेको भएकाले त्यसले ल्याएको राजनीतिक स्थायित्व, सुशासन र आगामी निर्वाचनका तयारीबारे विश्व समुदायमा सकारात्मक सन्देश पुर्‍याउन आवश्यक रहेको बताइन्।

प्रधानमन्त्री कार्कीले भनिन्, “नेपालमा जनआन्दोलनपछि लोकतान्त्रिक अभ्यास बलियो हुँदै गएको छ, यो सन्देश हामीले हरेक मित्रराष्ट्रमा पु¥याउनुपर्छ।”

उनले हालै तोकिएको प्रतिनिधिसभा निर्वाचनको तयारीलाई सहज बनाउन विदेशी सहयोग र साझेदारी आवश्यक हुने बताउँदै, त्यसका लागि नियोगहरूले सक्रिय कूटनीतिक संवाद बढाउन निर्देशन दिइन्।

त्यसैगरी उनले जेन–जी आन्दोलनपछि प्रभावित पर्यटन, लगानी र विकास क्षेत्र क्रमशः पुनःसञ्चालनमा फर्किन थालेको उल्लेख गर्दै विदेशस्थित दूतावासहरूलाई नेपालको स्थिरता र सम्भावनाबारे प्रचार–प्रसार गर्न आग्रह गरिन्।

प्रधानमन्त्रीले विदेशमा रहेका नेपालीलाई प्रभावकारी सेवा प्रवाह गर्न र उनीहरूलाई पुनर्निर्माण अभियानमा सहभागी गराउन पनि निर्देशन दिइन्।

उनका अनुसार सरकारले हालै जेन–जी आन्दोलनका क्रममा क्षति पुगेका संरचनाको पुनर्निर्माणका लागि विशेष कोष स्थापना गरेको छ, जसको जानकारी पनि अन्तर्राष्ट्रिय साझेदारहरूलाई गराउनुपर्ने बताइयो।

बैठकमा सहभागी राजदूतहरूले नेपालको स्थिरताबारे विश्व समुदायमा सकारात्मक सन्देश पुर्‍याउने प्रतिबद्धता जनाएका थिए।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय