२०८३ जेष्ठ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
समस्याग्रस्त दुई सहकारीका १३२ जना ऋणीको नाम सार्वजनिक | यो कम्युनिस्ट पार्टीको होइन, रास्वपाको बजेट हो : अर्थमन्त्री वाग्ले | कोशी सभापतिमा पराजित भएपछि सरिन तामाङको घोषणा– ‘आजबाट राजनीतिक बिट मारें’ | कैँची प्रहार गरी वृद्धलाई घाइते बनाउने व्यक्ति पक्राउ | माइतीघर पुगे गृहमन्त्री गुरुङ, पीडितलाई दिए माग सम्बोधनको आश्वासन | फास्ट ट्र्याकको गाडी दुर्घटना हुँदा इञ्जिनियर र चालकको मृत्यु | हिन्दुकुश क्षेत्रमा कम वर्षाको अनुमान, विपद्को जोखिम भने कायमै | काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने आज अन्तिम दिन | प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप |

गत असोज १८ र १९ गतेको अविरल वर्षाका कारण रोशी खोलाको बाढीले क्षतिग्रस्त बीपी राजमार्गको तीन स्थानमा डाइभर्सन बनेको छ । काभ्रे खण्डको रोशी गाउँपालिका ७ मा रहेको घुमाउनेमा डाइभर्सन बनेको छ

डाइभर्सन बनेपछि कटुञ्जे डाँडादेखि चारसयबेसीसम्म सहजै दुईतर्फी सवारी सञ्चालनमा आएका छन् । तर चौकीडाँडामा डाइभर्सन निर्माण पश्चात मात्र चारसयबेसीसम्म गाडी चढेर जान सकिन्छ । काभ्रे खण्डमा १२ वटा स्काभेटर, ४ वडा ह्वील लोडर र ८ वटा टिपर प्रयोग गरेर डाइभर्सन बनाउने काम भइरहेको छ ।

बिपी राजमार्गअन्तर्गत सिन्धुलीतर्फ नेपालथोक र बालुवामा डाइभर्सन बनेको छ । बालुवा भन्दा थोरै माथि रोशीले नयाँ कटान गरेकाले खोला फर्काएर डाइभर्सन बनाउने काम भइरहेको छ । साँझसम्म सिन्धुली खण्डमा डाइभर्सन बनिसक्ने सडक डिभिजन कार्यालय खाल्टेका सूचना अधिकारी सुदर्शन उप्रेतीले बताए ।

काभ्रेको दाप्चाखोलादेखि बर्खेखोलासम्म १६ तथा सिन्धुली जिल्लामा पर्ने बर्खे खोलादेखि नेपालथोकसम्म ३ स्थान गरेर १९ स्थानमा रोशीको बाढीले डाइभर्सन बगाएको छ । दाप्चा खोलाले एक स्थानमा क्षति पुर्याएको छ|

यसैबीच ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले बीपी राजमार्ग चौकीडाँडा-नेपालथोक खण्डमा भइरहेको डाइभर्सन निर्माणको काम अनुगमन गर्ने भएका छन् ।

सुदिप पौडेल
+ posts

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय