२०८२ आश्विन २४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
अनलाइन मिडिया दर्ता र नवीकरण विभागमै हुने, कानुनी प्रक्रिया टुंगिन बाँकी | संसद् पुनःस्थापनाको बाटो बन्द गर्नु हुँदैन- पार्टी जहिल्यै निर्वाचनको पक्षमा : कांग्रेस प्रवक्ता महत | कुवेतलाई हराएपछि जापानसँगै नेपाल पनि पुग्यो सुपर-६ मा | एमआरआई मेसिन खरिद प्रकरणमा उपकुलपति भण्डारीसहित १३ जनामाथि भ्रष्टाचार मुद्दा | ‘संसद् पुनर्स्थापनाबिना देश लोकतान्त्रिक बाटोमा फर्कँदैन’ : केपी शर्मा ओली | ओलीको आरोप : ‘सुशीला कार्की संविधान विपरीत प्रधानमन्त्री बनेकी हुन् ’ | नेपाली बजारमा सुनको मूल्य इतिहासकै उच्च बिन्दुमा | ओली, देउवा र प्रचण्डलाई पक्राउ गर्न मेडिकल व्यवसायी दुर्गा प्रसाईंको माग | माइतीघर–बानेश्वर क्षेत्रमा सुरक्षा व्यवस्था कडा अपनाइएको छ | बीपी राजमार्गको ३ स्थानमा डाइभर्सन तयार |

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमआरआई मेसिन खरिद गर्दा अनियमितता गरेको अभियोगमा तत्कालीन उपकुलपति प्रा. डा. संगिता भण्डारीसहित १३ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारले बिहीबार विशेष अदालतमा दायर गरेको अभियोगपत्रमा कम गुणस्तरको मेसिन खरिद गरी राज्यको करिब १२ करोड ७ लाख रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको दाबी गरिएको छ।

आयोगका अनुसार, उपकुलपति भण्डारीसँगै तत्कालीन कार्यवाहक रजिष्ट्रार झन्कार लामिछाने, फाइनान्स म्यानेजर कैलाश प्रसाद देव, बायोमेडिकल इन्जिनियर शदर भण्डारी, त्रिवि शिक्षण अस्पतालका इन्जिनियर अमित कुमार चौधरी, डेपुटी फाइनान्स म्यानेजर नितिन कुर्मी, शाखा अधिकृत श्रीराम चौधरी, आईटी अफिसर हिरालाल भण्डारी र सिभिल इन्जिनियर मदन भण्डारी पनि प्रतिवादीको सूचीमा छन्।

त्यसैगरी, तत्कालीन वरिष्ठ सहायक अञ्जु शर्मा, बायोमेडिकल इन्जिनियर सुजाता भट्टराई, लुम्बिनी हेल्थकेयर प्रालि र सो कम्पनीका अध्यक्ष पोष्टराज ज्ञवालीमाथि पनि भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार मुद्दा दायर गरिएको छ।

अख्तियारले उनीहरू सबैमाथि आर्थिक अनियमिततामा संलग्न रहेको प्रमाण पर्याप्त भेटिएको भन्दै कैद र बिगो जरिवानाको सजाय मागदाबी गरेको छ। आयोगका अनुसार, सार्वजनिक सम्पत्तिको दुरुपयोग गरी व्यक्तिगत स्वार्थमा राज्यको रकम हिनामिना गर्ने कार्यमा उनीहरूको प्रत्यक्ष संलग्नता देखिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय