२०८३ जेष्ठ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
फास्ट ट्र्याकको गाडी दुर्घटना हुँदा इञ्जिनियर र चालकको मृत्यु | हिन्दुकुश क्षेत्रमा कम वर्षाको अनुमान, विपद्को जोखिम भने कायमै | काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने आज अन्तिम दिन | प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप | प्रधानमन्त्रीको अभिव्यक्तिको पैरवी सेनाले पनि गरिरहेको बादलको आरोप | संसदमा खुस्बु ओलीको गुनासो- ज्यान मार्नेदेखि बलात्कारसम्मको धम्की आयो | संसद्मा श्रम संस्कृति पार्टीको विरोध जारी, परराष्ट्रमन्त्री बोल्दा पनि अवरोध | मन्त्री बनेपछि सिंहदरबारमै डेरा सरे महावीर पुन, मन्त्रालयमै बस्ने तयारी | मन्त्रिपरिषद बैठकमा ‘स्थानीय उत्पादन’ अभियान, डीडीसीलाई विशेष प्राथमिकता |

राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहान शीतल निवासमा जेनजी आन्दोलनका प्रतिनिधिहरूसँग छलफल गर्ने भएका छन्। बिहान ९ बजे सुरु हुने उक्त भेटमा प्रधानमन्त्री सुशीला कार्की पनि सहभागी हुने बताइएको छ।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार छलफलको उद्देश्य हाल चलिरहेको जेनजी आन्दोलनका मागहरू सुन्ने र आगामी राजनीतिक दिशा र सम्भावित समाधानबारे विचार साझा गर्ने हो। शीतल निवास स्रोतका अनुसार राष्ट्रपति पौडेलले आन्दोलनकारी युवाहरूका धारणा प्रत्यक्ष रूपमा सुन्न चाहेका हुन्।

शुक्रबार मात्रै राष्ट्रपति पौडेलले अन्तरिम सरकारका सदस्य र विभिन्न राजनीतिक दलका शीर्ष नेतासँग निर्वाचन र शान्ति प्रक्रियाबारे सर्वदलीय छलफल गरेका थिए। त्यसको भोलिपल्टै उनले जेनजी प्रतिनिधिसँग संवादको तयारी गरेकोले आजको भेटलाई राजनीतिक रूपमा अर्थपूर्ण मानिएको छ।

शीतल निवासमा हुने यो भेटमा हालका असन्तुष्टि, आन्दोलनका कारण र सरकारसँग संवादका सम्भावनाबारे खुला कुराकानी हुने अपेक्षा गरिएको छ। राजनीतिक स्थिरता र सहमतिको वातावरण बनाउन राष्ट्रपतिले पछिल्ला दिनमा संवाद केन्द्रित पहलहरू तीव्र बनाएका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय