२०८३ श्रावण २६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode

लगातार तीन दिनको भीषण वर्षाले क्षति पु¥याएको बिपी राजमार्ग आजदेखि पुनः सञ्चालनमा आएको छ। रोशी खोलाको बाढीले बगाएको सडक भाग मर्मत भएपछि राजमार्ग एकतर्फी रुपमा खुलाइएको हो।

सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, काठमाडौंका प्रमुख शुभराज न्यौपानेका अनुसार आइतबारदेखि राजमार्ग दुईतर्फी रुपमा सञ्चालनमा आउने तयारी पूरा हुँदैछ। उनका अनुसार बाढीले क्षति पुर्‍याएको करिब पाँच किलोमिटर सडक अस्थायी रूपमा मर्मत गरी आज दिउँसोबाट सवारी सञ्चालन गरिएको हो।

गत असोज १७ देखि १९ गतेसम्म परेको अविरल वर्षाले सिन्धुली र काभ्रे सीमामा पर्ने १६ स्थानमा राजमार्ग ध्वस्त बनाएको थियो। नेपालथोक, वर्षेखोला, चौकीडाँडा, चारसयबेँसी, चिउरीबास, मङ्गलटार, कालढुङ्गा, पिप्ले र माम्ती क्षेत्रमा बढी क्षति पुगेको बताइएको छ।

सडक मर्मत सोमबारदेखि तीव्र गतिमा अघि बढाइएको थियो। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङ स्वयं बिहीबार चौकीडाँडा पुगेका थिए। उनले स्थल निरीक्षण गर्दै जनशक्ति र उपकरण थप गर्न तथा रातिसम्म काम रोक्न नदिन निर्देशन दिएका थिए।

राजमार्ग मर्मतपछि स्थानीयवासी र सवारी चालक दुबैले राहत महसुस गरेका छन्। दैनिक बागमती र मधेश जोड्ने मुख्य यातायात नाको अवरुद्ध हुँदा हजारौं यात्रु अलपत्र परेका थिए। अहिले एकतर्फी सवारी सञ्चालन सुरु भएपछि सामान ढुवानी र यात्रु आवागमन सहज बन्दै गएको छ।

स्थानीय प्रशासनका अनुसार राजमार्गलाई स्थायी रूपमा पुनःनिर्माण गर्ने तयारी पनि सुरु भएको छ। विगत वर्ष पनि यही क्षेत्रमा बाढीले ठुलो क्षति पुर्‍याएको स्मरण गर्दै प्राविधिक टोलीले अब दीर्घकालीन समाधानका लागि नयाँ ढल निकास र पर्खाल निर्माणको योजना अघि बढाएको जनाएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय