२०८३ आश्विन १६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

अछामबाट धनगढीतर्फ आउँदै गरेको यात्रुवाहक गाडी डोटीमा दुर्घटनाग्रस्त हुँदा एक जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन्।

प्रहरीका अनुसार सुपप्र०१–००१ ख ३९५६ नम्बरको गाडी आज बिहान जोरायल गाउँपालिका–२, भीमदत्त राजमार्गको भीरमा अनियन्त्रित भई पल्टिएको हो। दुर्घटनामा अछामको मंगलसेन नगरपालिका निवासी २२ वर्षीया हरिया परियारको घटनास्थलमै मृत्यु भएको पुष्टि गरिएको छ।

दुर्घटनामा ६ बालबालिकासहित २१ जना यात्रु घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। सबै घाइतेलाई तत्काल उद्धार गरी उपचारका लागि धनगढी पठाइएको हो।

घटनास्थल दुर्गम भेगमा पर्न जाने भएकाले उद्धार कार्यमा स्थानीयवासी, प्रहरी र सशस्त्र प्रहरीको टोलीले संयुक्त रूपमा सहयोग गरेको थियो। प्रारम्भिक अनुसन्धानअनुसार सडक साँघुरो र हिलो भएकाले गाडी अनियन्त्रित भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। मृतक परियारको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल डोटी ल्याइएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय