२०८३ आश्विन १५ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

नेकपा माओवादी केन्द्रले आफ्नो केन्द्रीय समितिको बैठक आज प्रज्ञा भवन, कमलादीमा आयोजना गर्ने निर्णय गरेको छ। दिउँसो १ बजे सुरु हुने यो बैठकमा पार्टीले समसामयीक राजनीतिक प्रस्ताव, आगामी महाधिवेशन समय र स्थान निर्धारण लगायतका विषयहरूमा छलफल गर्ने तयारी गरेको जानकारी पार्टी स्रोतहरूले दिएका छन्।

बैठकका सहभागीहरूका लागि प्रवेश शुल्क रु. १००० तोकिएकोछ। माओवादीका केन्द्रीय कार्यालय सचिव गणेशमान पुन र शर्मिले हल भाडा, खाद्य व्यवस्था, पानी र अन्य आवश्यक व्यवस्थापनका लागि यो शुल्क आवश्यक रहेको प्रतिक्रिया दिएका छन्। उनीहरूको भनाइमा यो शुल्क “एकदम न्यूनतम” हो।

यस बैठकले जेनजी युवा आन्दोलनपछि विकसित राजनीतिक वातावरणमा माओवादीले अपनाउनुपर्ने रणनीति र नयाँ नेतृत्व संयोजनको मार्ग तय गर्न महत्वपूर्ण भूमिका खेल्ने देखिन्छ। अध्यक्ष प्रचण्डले आजकै बैठकबाट पार्टीका विधान र संक्रमित राजनीतिक प्रस्तावहरू प्रस्ताव गर्ने योजना बनाएका छन्।

केही नेताहरूले यो शुल्कहरूको निर्णयलाई विवादित ठानेका छन्। उनीहरूले प्रश्न उठाएका छन्   राजनीतिक बैठकमा प्रवेश शुल्क तोक्दा पार्टीको संहितागत लोकतन्त्र र सहभागीताको परिकल्पना कसरी मेल खाने? साथै, सामाजिक र आर्थिक रूपमा कमजोर वर्गका नेताहरूलाई बैठकमा सहभागी हुनबाट रोकिने डर पनि व्यक्त गरिएको छ।

पार्टीले बैठकलाई समूह विभाजन गरेर छलफल गराउने तयारी गरेको छ। पार्टी सदस्यहरूलाई १२ समूह भौगोलिक, प्रवास र उपत्यका विशेष गरी मा विभाजन गरी आ–आफ्नो समूहमा छलफल गर्ने व्यवस्था मिलाउने योजना छ। त्यसपछि समूहका नेताहरूले आफ्ना निष्कर्षहरू बैठकमा प्रस्तुत गर्नेछन्।

सुदिप पौडेल
+ posts

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय