२०८३ जेष्ठ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप | प्रधानमन्त्रीको अभिव्यक्तिको पैरवी सेनाले पनि गरिरहेको बादलको आरोप | संसदमा खुस्बु ओलीको गुनासो- ज्यान मार्नेदेखि बलात्कारसम्मको धम्की आयो | संसद्मा श्रम संस्कृति पार्टीको विरोध जारी, परराष्ट्रमन्त्री बोल्दा पनि अवरोध | मन्त्री बनेपछि सिंहदरबारमै डेरा सरे महावीर पुन, मन्त्रालयमै बस्ने तयारी | मन्त्रिपरिषद बैठकमा ‘स्थानीय उत्पादन’ अभियान, डीडीसीलाई विशेष प्राथमिकता | सम्झौता मिति सकिन लाग्दा पनि जुम्लाको न्याउरीगाड पुल अधुरै | सेयर बजारमा गिरावटको क्रम जारी | सुधनको छानबिनप्रति कांग्रेस सभापति गगन थापाको कटाक्ष: “झन्झट किन गरेको? पहिल्यै होइन भने भइहाल्थ्यो” |

प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तारको तयारी गरिरहेका बेला ‘जेनजी मन्त्री’का रूपमा सार्वजनिक भएका केही नामबारे जेनजी आन्दोलनका अगुवा मिराज ढुंगानाले कडा आपत्ति जनाएका छन्।

ढुंगानाले आफूहरूलाई जानकारी नदिई जेनजीको नाममा मन्त्री टुंग्याउने प्रयास भएको भन्दै यस्तो कदम अस्वीकार्य हुने चेतावनी दिएका छन्। उनले भने, “हामीसँग छलफलै नगरी कसलाई कसरी जेनजीको प्रतिनिधि भनेर सिफारिस गरियो, थाहा छैन। आन्दोलनमा कुनै भूमिका नभएकाहरूलाई हामी मान्दैनौं।”

उनका अनुसार हालसम्म जेनजी समूहका नेताहरू र प्रधानमन्त्रीबीच कसलाई मन्त्री बनाउने भन्ने विषयमा औपचारिक छलफल भएको छैन। “यदि कुनै नाम जेनजीको सिफारिस भनेर सार्वजनिक गरिएको छ भने त्यो गलत प्रचार हो,” ढुंगानाले स्पष्ट पारे।

ढुंगानाले प्रधानमन्त्री कार्कीसमक्ष यो विषय औपचारिक रूपमा उठाउने तयारी गरेको बताए। उनका अनुसार आन्दोलनको नेतृत्वमा रहेका युवाहरूलाई बाइपास गरेर निर्णय गर्न खोजिएमा त्यसले जेनजी आन्दोलनको विश्वसनीयतामा प्रश्न उठ्नेछ।

हिजो केही मिडियाले प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद् विस्तारमा चार जना युवायुवतीलाई ‘जेनजी प्रतिनिधि मन्त्री’को रूपमा समावेश गर्न लागेको भन्दै खबर प्रकाशित गरेका थिए। तर, ढुंगानाले ती नामहरूमा आफूहरूको कुनै संलग्नता नरहेको दाबी गरेका छन्।

जेनजी आन्दोलन पछिल्ला महिनाहरूमा देशव्यापी राजनीतिक चर्चाको केन्द्र बनेको छ, र त्यसका केही नेताहरूले नयाँ पुस्ताको आवाज राजनीतिक निर्णयमा प्रत्यक्ष रूपमा सुन्नुपर्ने माग गर्दै आएका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय