२०८३ आश्विन १३ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

नेकपा एमाले को सचिवालय बैठक आइतबार बस्दैछ। शुक्रबारदेखि जारी बैठक शनिबारलाई तय गरिएको थियो। तर पार्टी अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा अचानक समस्या आएपछि आइतबार बिहान ११ बजे बस्ने गरी स्थगित गरिएको थियो।

आज बस्ने बैठकमा भदौ २३ र २४ गतेको आन्दोलन, पार्टी पुनर्गठन, संसद पुनःस्थापना लगायतका विषयमा सदस्यहरूले धारणा राख्नेछन्। शुक्रबार पार्टी अध्यक्ष ओलीले पछिल्लो राजनीतिक अवस्थाबारे विषय प्रवेश गर्दै संसद पुनःस्थापनाको प्रस्ताव राखेका थिए।त्यसमाथि वरिष्ठ उपाध्यक्षसहित उपमहासचिवसम्मले धारणा राखेका छन्। शुक्रबार वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, विष्णु पौडेल, रामबहादुर थापा बादल, गुरू बरालले धारणा राखेका छन्।

त्यस्तै महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवालीले बोलेका थिए।  आज उपमहासचिव पृथ्वीसुब्बा गुरूङ, विष्णु रिमाल, सचिवहरू योगेश भट्टराई, गोकर्ण विष्ट, छविलाल विश्वकर्मा, रघुवीर महासेठ, पद्मा अर्याल, लेखराज भट्टले धारणा राख्ने छन्।

सुदिप पौडेल
+ posts

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय