२०८३ श्रावण २४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
बालेनको कूटनीतिक शैली फेरिँदै : अब राजदूतहरूसँग ‘वान टु वान’ भेट ! | पहिरो, बाढी र कटानको चपेटामा राजमार्ग, सडक यात्रा जोखिमपूर्ण ! | ‘संघीयता र धर्मनिरपेक्षता कमजोर बनाउने प्रयास स्वीकार्य छैन’– आङ्देम्बे | दसैँ लगत्तै सुरु हुँदै एनपीएल, तिहार पनि क्रिकेटकै माहोलमा | ७ हजारमा ग्यास सिलिन्डर बेचेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ | कसरी छिरे ५२६ रोहिंग्या नेपाल ? | ढल्केवरको ट्रमा सेन्टर सार्ने विषयमा सरकारलाई रुलिङ | सम्पत्ति शुद्धीकरण मुद्दामा ८ वर्षपछि चक्रे मिलनले पाए सफाइ | चार महिनामै सर्पले टोकेर ५६ जनाको मृत्यु : बालबालिका जोखिममा ! | देशका विभिन्न सडक पहिरोले अवरुद्ध |

नेकपा (एमाले) को सचिवालय बैठक आज बिहान बस्दै छ। पार्टी अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि शनिबारका लागि तय गरिएको बैठक स्थगित भएको थियो। अब आइतबार बिहान ११ बजे केन्द्रीय कार्यालय च्यासलमा बैठक बस्ने तय भएको हो।

आजको बैठकमा आसन्न महाधिवेशनको तयारी, संगठन सुदृढीकरण र आगामी राजनीतिक रणनीतिबारे विस्तृत छलफल हुनेछ। पछिल्ला राजनीतिक घटनाक्रम, नयाँ सरकार गठनपछिको स्थिति र एमालेको भूमिका सम्बन्धमा पनि बैठकमा धारणा मिलाइने बताइएको छ।

यसअघि शुक्रबार बसेको सचिवालय बैठकमा पार्टीको महाधिवेशन छिट्टै गर्ने विषयमा प्रारम्भिक सहमति बनेको थियो। बैठकले महाधिवेशनमार्फत पार्टीभित्र उठेका असन्तुष्टि र मतभेदलाई समाधान गर्ने र संगठनलाई नयाँ ढंगले अघि बढाउने निष्कर्ष निकालेको थियो।

बैठकपछि पार्टीका तर्फबाट महाधिवेशनको मिति, स्थान र तयारीबारे औपचारिक घोषणा हुने अपेक्षा गरिएको छ। एमाले नेतृत्वले यो बैठकलाई आगामी राजनीतिक दिशा निर्धारणको ‘निर्णायक बैठक’ का रूपमा लिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय