२०८२ मंसिर २६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
रवि लामिछानेमाथि सरकारको धारणा खोज्दै रास्वपा | पाल्पामा जीप दुर्घटना : ३ जनाको मृत्यु ९ घाइते | सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै आज चार नयाँ अनुहार मन्त्री बन्दै | एमालेको महाधिवेशनलाई ध्यानमा राख्दै नागढुङ्गा मलेखु सडक दुई दिन खुला | धुर्मुसको स्पष्टीकरण : ‘भागेका होइनौँ, छोरीको उपचारका लागि अमेरिका आएका हौँ’ | रास्वपाले समानुपातिक नाम दर्ताको म्याद पुस ५ सम्म बढायो | जेन–जी आन्दोलनमा ८४ अर्ब क्षति, पुनर्निर्माणका लागि ३६ अर्ब बजेट आवश्यक | अर्थ मन्त्रालयको बदमासी कि प्राविधिक समस्या? मधेशको बजेट ‘फ्रीज’को वास्तविकता के हो? | जेनजी–सरकार सम्झौतामा दलहरूको शङ्का : वैधानिकता र कार्यान्वयनमै प्रश्न | विराटनगरलाई ४० रनले हराउँदै लुम्बिनी फाइनलमा |

एमालेले सरकार निर्वाचनको आधार बनाउनेतिर नभइ उल्टो बाटो हिँडिरहेको निष्कर्ष निकाल्दै प्रतिनिधिसभा पुनर्स्थापनाका लागि संविधान पक्षधर राजनीतिक शक्तिहरुलाई एकजुट हुन अपील गरेको छ ।

केन्द्रीय कमिटीको तीन दिनसम्म काठमाडौंमा चलेको बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन पारित गर्दै संविधानको रक्षाका लागि एक हुने उल्लेख गरेको छ । बैठकले शुक्रबार पारित गरेको २२ बुँदे प्रस्तावमा एमाले लोकतन्त्रको रक्षाका लागि उभिएको पार्टी भएको र ताजा जनादेश लिने कुरामा स्पष्ट भए पनि अहिले परिस्थिति त्यतातर्फ नरहेको उल्लेख गरेको छ ।

विशेषगरी एमालेका अध्यक्षमाथि झुठा आरोपमा मुद्दा चलाउन र जसरी भए पनि गिरफ्तार गर्ने दुष्प्रयाशमा सरकार लागिरहेको उल्लेख गर्दै सरकारको संरक्षणमा रहेका सन्देहास्पद पात्रहरू खुलेआम राजनीतिक नेताहरूमाथि भौतिक हमलाका लागि दुरूत्साहन गर्ने, पार्टीहरूलाई चुनावमा भाग लिन नदिने, उनीहरूले जिते परिणाम खारेज गर्ने र नेताहरूलाई विभिन्न मुद्दा लगाएर बाहिरै निस्कनै नदिने धम्की दिइरहेको एमालेको निष्कर्ष छ । यस्ता गतिविधि हुँदा पनि सरकार मौन रहेकोमा एमालेले आश्चर्य व्यक्त गरेको छ ।

एमालेले भदौ २४ गते पार्टी अध्यक्ष ओली लगायत १७० भन्दा बढी पार्टी नेता कार्यकर्ताहरूको निजी निवासमा आगजनी, तोडफोड र लुटपाट भएको उल्लेख गर्दै क्षतिमा सम- अनुभूति प्रकट गरेको छ । आन्दोनलमा मृत्यु भएकाहरुप्रति पनि श्रद्धाञ्जली र परिरवारजनमा समवेदना प्रकट गरेको छ ।

सुदिप पौडेल
+ posts

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय