२०८२ माघ २७ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
नेकपा नै सबैभन्दा नयाँ पार्टी होः पुष्प्रकमल दाहाल प्रचण्ड | रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी | नोबेल शान्ति पुरस्कार विजेता नरगिस मोहम्मदीलाई साढे ७ वर्ष जेल सजाय | कुलमान घिसिङ भन्छन उज्यालो नेपाल सामाजिक सञ्जालबाट होइन, कामबाट स्थापित पार्टी हो | महेश बस्नेत भन्छन संसद पुनर्स्थापनाको विषयमा सर्वोच्च अदालत भाग्न पाउँदैन | रुपन्देहीको शान्ति नमूना माविका विद्यार्थी सवार बस दुर्घटना | प्रत्यक्षतर्फ २५ जिल्लाका ३० लाख मतपत्र छापिएको छ | सुन्तला बिक्रीबाट बागलुङमा करिब २७ करोडको आम्दानी | आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो | सिरहामा गोली हानी एक जनाको हत्या |

नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको अन्तरिम सरकार पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीकै सिफारिसमा बनेको स्पष्ट पारेका छन्। उनले यो सरकार हल्ला र भ्रमका आधारमा बनेको होइन भन्दै आलोचकहरूलाई प्रत्यक्ष चुनौती दिएका छन्।

शनिबार आयोजित अखिल नेपाल ट्रेड युनियन महासंघको शुभ दीपावली कार्यक्रमका क्रममा बोल्दै दाहालले केही नेताहरूले अहिले ‘हाहा–हुहुमा बनेको सरकार’ भनेर फैलाएको कुरा पूर्णतः गलत भएको बताए। उनका अनुसार यो सरकार तत्कालीन कामचलाउ प्रधानमन्त्री ओलीकै औपचारिक सिफारिसपछि बनेको हो।

‘मैले पहिले पनि भनेको छु, यो सरकार ओलीकै सिफारिसमा बनेको हो। हल्ला र भ्रम सिर्जना गरेर जनतालाई भ्रमित पार्ने प्रयास भइरहेको छ, तर सत्यलाई लुकाउन सकिँदैन,’ दाहालले भने।

उनले थपे — ‘राष्ट्रपतिलाई पठाइएको पत्र हामीले आफ्नै आँखाले देखेका थियौं। जसले सिफारिस गरेर सरकार बनायो, अहिले त्यही व्यक्ति उल्टो कुरा गर्दै हिँडेको छ। यस्तो दोहोरो चरित्रले देशलाई फाइदा गर्दैन।’

दाहालले अन्तरिम सरकारको प्रमुख जिम्मेवारी आसन्न निर्वाचन तयारी र स्थायित्व कायम राख्ने भएकोले अनावश्यक नारा र अस्थिरता सिर्जना नगर्न सबैलाई आग्रह गरे। उनका अनुसार, अहिलेको सरकार संक्रमणकालीन चरण पार गर्न बनेको हो, त्यसलाई असफल बनाउन खोज्नु देशकै हितविपरीत हुनेछ।

उनले अन्त्यमा चेतावनीका स्वरमा भने, ‘अराजकता र भ्रम फैलाउने राजनीतिक संस्कार अब बन्द हुनुपर्छ। जनताले परिवर्तनका लागि साथ दिएका हुन्, भ्रमका लागि होइन।’

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय