२०८३ जेष्ठ ३० | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
काभ्रे बस दुर्घटना : आठ जनाको मृत्यु, उद्धार जारी | सांसदको प्रश्नपछि वाग्लेको टिप्पणी– विनियोजन विधेयक नपढिएको जस्तो लाग्यो | अर्थमन्त्री वाग्ले प्रकरणमा छानबिन नहुने, सरकार भन्छ– स्पष्टीकरण पर्याप्त | रास्वपा अधिवेशनस्थलबाहिर जेन–जी पक्षधरको धर्ना | आइतबार चीन भ्रमणमा जाँदै परराष्ट्रमन्त्री शिशिर खनाल | अन्तिम १० मिनेटमा चम्कियो दक्षिण कोरिया विश्वकपको पहिलो खेलमै महत्वपूर्ण जित | सांसद रञ्जुको प्रश्न– ह्वाट्सएप ह्याक गरेर लुटिएको पैसा कहाँ गइरहेको छ ? | समस्याग्रस्त दुई सहकारीका १३२ जना ऋणीको नाम सार्वजनिक | यो कम्युनिस्ट पार्टीको होइन, रास्वपाको बजेट हो : अर्थमन्त्री वाग्ले | कोशी सभापतिमा पराजित भएपछि सरिन तामाङको घोषणा– ‘आजबाट राजनीतिक बिट मारें’ |

भारत सरकारको सहयोगमा सोलुखुम्बु जिल्लाको सोताङ गाउँपालिका–१ मा निर्माण गरिएको बसेपु–हलु खानेपानी आयोजनाको उद्घाटन कार्यक्रममा एक रोचक घटना घटेको छ । प्रमुख अतिथि भारतका नेपालस्थित राजदूत नवीन श्रीवास्तव कार्यक्रमको बीचमै हिँडेका हुन् ।

गाउँपालिका अध्यक्ष खिलराज बस्नेतले आफ्नो सम्बोधन सकेपछि राजदूत श्रीवास्तव बोल्ने पालो थियो तर उनले वक्तव्य नदिई कार्यक्रमस्थल नै छोडेका हुन् ।

सो घटनाको भिडियो सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिएको छ । भिडियोमा राजदूत श्रीवास्तवले अध्यक्ष बस्नेतलाई भनेका छन्   “हामी राजनीतिक भाषण गर्दैनौँ, कृपया यो कार्यक्रममा राजनीति नगरौँ ।”

त्यसपछि उनले आफ्ना टोलीका सदस्यहरूसँगै मञ्चबाट उठेर बाहिरिएको दृश्य भिडियोमा स्पष्ट देखिन्छ ।

भारत सरकारको आर्थिक सहयोगमा सम्पन्न उक्त खानेपानी आयोजनाको उद्घाटन समारोह स्थानीय स्तरमा आयोजना गरिएको थियो  तर कार्यक्रममा स्थानीय राजनीतिसम्बन्धी टिप्पणी आएको भन्दै राजदूतले असन्तुष्टि जनाएका हुन् ।

घटनापछि सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आइरहेका छन् । कतिपयले राजदूतको कदमलाई कूटनीतिक मर्यादासँग मेल नखाने बताएका छन्  ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय