२०८३ आश्विन १२ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

मौसम पूर्वानुमान महाशाखाले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने सम्भावना जनाएको छ।

महाशाखाका अनुसार हाल देशभर कुनै ठूला मौसमी प्रणालीको प्रत्यक्ष प्रभाव छैन। तर, वायुमण्डलीय गतिविधि र तापक्रममा भइरहेको परिवर्तनका कारण आज दिउँसो देशका अधिकांश पहाडी क्षेत्र आंशिक बदली रहने र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने अनुमान गरिएको छ।

साँझपख र राति पनि कोशी, बागमती र गण्डकीका पहाडी भू–भागमा आंशिक बदली रहँदा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

यस्तै, कोशी प्रदेशका हिमाली भागमा तापक्रम घट्ने र चिसो बढ्ने सम्भावना भएकाले सर्वसाधारणलाई आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ।

महाशाखाले देशका अन्य प्रदेशहरूमा भने मौसम सामान्यतया सफा रहने र दैनिक जनजीवनमा कुनै ठूलो असर नपर्ने बताएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय