२०८२ माघ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
झापा क्षेत्र नं ५ केन्द्रित ओलीको व्यस्त चुनावी कार्यक्रम | आयोगले ६ हजार ७४३ वडामा सञ्चालन गर्दै मतदाता शिक्षा कार्यक्रम | आजदेखि चुनावी सुरक्षार्थ निर्वाचन प्रहरी फिल्डमा खटाइयो | रास्वपाका वरिष्ठ नेता बालेन्द्र साह सर्लाही भ्रमणमा | चुनावी दौडमा रहेका विनोद चौधरीको दुर्गेश थापासँग भेट | रुकुम पूर्वबाट दाङ जाँदै गरेको बोलेरो जिप सल्यानमा दुर्घटनाग्रस्त | नेकपा नै सबैभन्दा नयाँ पार्टी होः पुष्प्रकमल दाहाल प्रचण्ड | रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी | नोबेल शान्ति पुरस्कार विजेता नरगिस मोहम्मदीलाई साढे ७ वर्ष जेल सजाय | कुलमान घिसिङ भन्छन उज्यालो नेपाल सामाजिक सञ्जालबाट होइन, कामबाट स्थापित पार्टी हो |

हालको अस्थिर मौसम र हिमाली क्षेत्रमा बढ्दै गएको जोखिमका कारण सरकारले उच्च पहाडी र हिमाली भूभागतर्फ यात्रामा निस्कनुअघि विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पदयात्रा वा ट्रेकिङमा जाने सबैलाई यात्रा अघि जल तथा मौसम विज्ञान विभागबाट जारी पूर्वानुमान हेर्न र ‘अलर्ट’ प्रणालीबाट आवश्यक सूचना लिन अनुरोध गरेको हो।

प्राधिकरणका अनुसार पछिल्ला दुई दिनमा मनाङ र कास्कीमा लेक लागेर चार जनाको मृत्यु भएको र एक स्पेनी नागरिक गम्भीर घाइते भएका छन्। ती घटनापछि प्राधिकरणले यात्रुहरूलाई आवश्यक तयारीसहित मात्रै यात्रा गर्न र लेक लागेमा तत्काल तल झरेर उपचारमा लाग्न सुझाव दिएको छ।

प्रवक्ता शान्ति महतका अनुसार, “लेक लाग्ने जोखिम हल्का ठान्नु हुँदैन। यात्रा अघि स्वास्थ्य र मौसम दुवैको स्थिति बुझ्नुपर्छ। एक्लै हिँड्नु जोखिमपूर्ण हुन सक्छ।”

जल तथा मौसम विज्ञान विभागको पछिल्लो पूर्वानुमानअनुसार, कात्तिक १० र ११ गते देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ। साथै, बङ्गालको खाडी र अरब सागरमा विकसित दुई न्यून चापीय प्रणालीका कारण आगामी मङ्गलबारदेखि शुक्रबारसम्म वर्षा र हिमपातको प्रभाव बढ्ने चेतावनी दिइएको छ।

सरकारले यस्तो परिस्थितिमा पदयात्रामा निस्कने सबैलाई सचेत रहन, आवश्यक उपकरण तथा औषधि साथ लैजान र मौसममा सुधार भएपछि मात्रै यात्रा अगाडि बढाउन पुनः अपिल गरेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय