२०८३ श्रावण २४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
बालेनको कूटनीतिक शैली फेरिँदै : अब राजदूतहरूसँग ‘वान टु वान’ भेट ! | पहिरो, बाढी र कटानको चपेटामा राजमार्ग, सडक यात्रा जोखिमपूर्ण ! | ‘संघीयता र धर्मनिरपेक्षता कमजोर बनाउने प्रयास स्वीकार्य छैन’– आङ्देम्बे | दसैँ लगत्तै सुरु हुँदै एनपीएल, तिहार पनि क्रिकेटकै माहोलमा | ७ हजारमा ग्यास सिलिन्डर बेचेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ | कसरी छिरे ५२६ रोहिंग्या नेपाल ? | ढल्केवरको ट्रमा सेन्टर सार्ने विषयमा सरकारलाई रुलिङ | सम्पत्ति शुद्धीकरण मुद्दामा ८ वर्षपछि चक्रे मिलनले पाए सफाइ | चार महिनामै सर्पले टोकेर ५६ जनाको मृत्यु : बालबालिका जोखिममा ! | देशका विभिन्न सडक पहिरोले अवरुद्ध |

वर्षा र हिमपातका कारण रोकिएको बहुप्रतीक्षित नेपाली चलचित्र ‘कबड्डी ५’को छायांकन फेरि सुरु भएको छ । करिब ३२ घण्टासम्म अवरुद्ध भएको छायांकन बुधबार बिहानदेखि पुनः सुचारु भएको अभिनेता विजय बरालले बताएका छन् ।

मुस्ताङको लार्जुङ क्षेत्रमा छायांकन भइरहेको यो चलचित्र सोमबार रातिदेखि परेको लगातार हिमपात र वर्षाका कारण रोकिएको थियो । बरालका अनुसार अहिले मौसम केही सामान्य बनेपछि पुनः छायांकन सुरु गरिएको हो ।

‘आजबाट पुनः काम सुरु भएको छ,’ बरालले भने, ‘करिब सवा दिन जति रोकिएको थियो । अहिले हाम्रो स्थानमा खासै असर छैन, तर वरिपरिका हिमालहरू सेतै देखिएका छन् ।’

जल तथा मौसम विज्ञान विभागका अनुसार बंगालको खाडीमा सक्रिय मोन्था चक्रवातको प्रभाव नेपालमा समेत पुगेपछि हिमपात र वर्षा भएको हो । विभागले शुक्रबारसम्म देशका पहाडी र हिमाली क्षेत्रमा वर्षा र हिमपात जारी रहने अनुमान गरेको छ ।

रामबाबु गुरुङको निर्देशनमा तयार भइरहेको ‘कबड्डी ५’मा दयाहाङ राई, मिरुना मगर र विजय बराललगायत कलाकारको अभिनय रहेको छ । ‘कबड्डी’ सिरिजका अघिल्ला चारै भागले दर्शकको अपार माया पाएका थिए ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय