२०८२ पुष २ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
निर्वाचन आयोगको नयाँ प्रस्ताव: १० झण्डा, २५ जना भन्दा बढी जुलुस निषेध | नेकपा एमालेको ११औँ महाधिवेशन अब केहि समयमा मतदान सुरु हुदै | अमेरिकी डलर फेरि महँगियो | एमाले महाधिवेशनमा दुवै प्यानल सार्वजनिक ईश्वर पक्षमा अग्निन खरेल समेटिए | राष्ट्रियसभा निर्वाचनका लागि राष्ट्रपतिका सल्लाहकार थापाको राजीनामा | पाँच महिनामा पुँजीगत खर्च सुस्त राजस्व संकलन लक्ष्यभन्दा निकै पछाडि | समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन १०० राजनीतिक दल दर्ता | एमाले नेतृत्व चयनको मतदान ४ बजेबाट हुने | शुक्लाफाँटाको बन्साहमा बहुलाहा कुकुरको त्रास रेबिजको जोखिम बढ्यो | ‘महासचिव होइन, मिसन महत्वपूर्ण’ : ओली टिमलाई जिताउन प्रदीप ज्ञवालीको अपिल |

बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ र न्यूनचापीय प्रणालीको असरले निरन्तर वर्षा भोगिरहेको देशभर आज साँझदेखि मौसममा सुधार आउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसोसम्म कोशी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा मध्यमदेखि भारी वर्षा हुने सम्भावना छ। कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा पनि हल्का वर्षा र हिमपात हुने अनुमान गरिएको छ।

साथै कोशी, वाग्मती र गण्डकीका उच्च पहाडी भूभागमा मध्यमदेखि भारी हिमपातको पूर्वानुमान गरिएको छ। वर्षा र हिमपातका कारण यातायातमा अवरोध र कृषि गतिविधिमा असर पर्न सक्ने भन्दै सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरिएको छ।

महाशाखाले भनेको छ, “चक्रवातको प्रभाव क्रमशः कमजोर हुँदै गइरहेकाले आज साँझपछि देशभर मौसममा सुधारको क्रम सुरु हुनेछ।”
मौसम स्थिर हुँदै गएपछि भोलिदेखि धेरै स्थानमा आंशिक बदली मात्र रहने अनुमान गरिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय