२०८३ आश्विन १२ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ र न्यूनचापीय प्रणालीको असरले निरन्तर वर्षा भोगिरहेको देशभर आज साँझदेखि मौसममा सुधार आउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसोसम्म कोशी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा मध्यमदेखि भारी वर्षा हुने सम्भावना छ। कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा पनि हल्का वर्षा र हिमपात हुने अनुमान गरिएको छ।

साथै कोशी, वाग्मती र गण्डकीका उच्च पहाडी भूभागमा मध्यमदेखि भारी हिमपातको पूर्वानुमान गरिएको छ। वर्षा र हिमपातका कारण यातायातमा अवरोध र कृषि गतिविधिमा असर पर्न सक्ने भन्दै सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरिएको छ।

महाशाखाले भनेको छ, “चक्रवातको प्रभाव क्रमशः कमजोर हुँदै गइरहेकाले आज साँझपछि देशभर मौसममा सुधारको क्रम सुरु हुनेछ।”
मौसम स्थिर हुँदै गएपछि भोलिदेखि धेरै स्थानमा आंशिक बदली मात्र रहने अनुमान गरिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय