२०८३ श्रावण २५ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode

१५ कार्तिक २०८२ ,

चार वर्षअघि नेकपा एमालेसँग विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादी पार्टी माओवादीसहितका शक्तिहरूसँग एकता गर्ने विषयको विवादले फुटेको छ ।

अध्यक्ष माधवकुमार नेपालले माओवादी केन्द्रसहितका शक्तिहरूसँग एकता गर्ने निर्णय बहुमतका आधारमा लिए सँगै सम्मानित नेता झलनाथ खनाल सहितका नेताहरुले त्यसमा विमति राखेका छन् ।

धुम्बाराहीमा तीन दिन चलेको केन्द्रीय कमिटी बैठकमा पूर्वप्रधानमन्त्री एवं पार्टीका सम्मानित नेता झलनाथ खनाल, वरिष्ठ नेता घनेन्द्र बस्नेत, महासचिव घनश्याम भूसाल लगायतले यथास्थितिमा एकता गर्न नसकिने अडान लिएका थिए ।

पदाधिकारी बाहेक १२३ जनाले बोलेको केन्द्रीय कमिटी बैठकमा पनि मतभेद देखिएको थियो । वरिष्ठ नेता वेदुराम भुसालले माओवादी केन्द्र, महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी, विप्लव नेतृत्वका नेकपाबाट फुटेको चरन पुन, प्रेमबहादुर सिंह समूह, राजु कार्की नेतृत्वको नेकपा समाजवादी र सुभाषराज काफ्ले नेतृत्वको जनसमाजवादी पार्टी नेपालबीच एकता गर्ने गृहकार्य चलिरहेको ब्रिफिङ गरेका थिए ।

सुदिप पौडेल
+ posts

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय