थापाथलीस्थित ट्राफिक प्रहरी बिटमा शुक्रबार काठमाडौं महानगरपालिकाको डोजर पुगेपछि स्थलमा तनाबपूर्ण अवस्था सिर्जना भएको छ।
महानगरले सो बिट सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएको दाबी गर्दै भत्काउने कार्य सुरू गरेको हो। यसअघि महानगरले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई पत्र पठाउँदै सार्वजनिक सम्पत्तिमा बनाइएको संरचना हटाउन आग्रह गरेको थियो।
तर ट्राफिक प्रहरीले भने उक्त बिट २०३० सालदेखि नै स्थायी रूपमा सञ्चालनमा रहेको भन्दै आफ्नो पक्ष प्रष्ट पारेको छ। प्रहरीका अनुसार त्यस क्षेत्रको सुरक्षाका लागि स्थायी बिट आवश्यक रहेको र जग्गा अतिक्रमणको आरोप निराधार भएको बताएका छन्।
दुवै निकायबीच अहिले समन्वय र समाधानका लागि छलफल जारी छ। यसबीचमा डोजर पुगेपछि स्थानीयहरू समेत घटनास्थलमा जम्मा भएका थिए। केहीबेरको विवादपछि दुवै पक्षले तत्कालको लागि कार्य रोक्ने र आपसी सहमतिबाट समाधान खोज्ने सहमति गरेका छन्।
थापाथलीको यो विवादले फेरि एकपटक काठमाडौंमा सार्वजनिक जग्गा र संस्थागत संरचना बीचको सीमा र अधिकारको बहसलाई सतहमा ल्याएको छ।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
