२०८३ आश्विन २३ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |
 विवादित गतिविधिका कारण डा. निकोलस भुसाललाई प्रहरीले निगरानीमा राखेको छ। भुसालले हालका र पूर्व प्रधानमन्त्री तथा गृहमन्त्रीसहित काठमाडौं महानगरका मेयर बालेन शाहसमेत लक्षित गर्दै अराजक र हिंसात्मक अभिव्यक्ति दिएका थिए।

शनिबार आयोजित पत्रकार सम्मेलनमा भुसालले भदौ २३ गतेको जेनजी आन्दोलनमा सुरक्षाकर्मीको गोली लागेर १९ जनाको मृत्यु भएको घटनामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखक जिम्मेवार भएको आरोप लगाए। उनले भने, सरकारले कारबाही नगरे आफैं कारबाहीमा अगाडि सर्ने चेतावनीसमेत दिएका थिए।

उनले वर्तमान प्रधानमन्त्री सुशीला कार्कीलाई समेत लक्षित गर्दै ‘हुतिहारा’ भन्दै अपशब्द प्रयोग गरेका थिए भने गृहमन्त्री ओमप्रकाश अर्याललाई चुनौतीसमेत दिएका छन्। भुसालले आफूले बालुवाटार माथि मिसाइल राखेको र कोही नबच्ने भनेर धम्कीसमेत दिएका थिए।

निकोलस पहिले पनि २३ असोजमा माइतीघरमा प्रदर्शन गर्न खोज्दा पक्राउ परेका थिए। स्वास्थ्य जाँच गर्दा गाँजा सेवन गरेको रिपोर्ट आएको थियो। उनका दाजु सागरको जिम्मेवारीमा सुधार केन्द्र लगिएपछि उनलाई छाडिएको थियो।

शनिबारको उग्र अभिव्यक्तिपछि प्रहरीले उनलाई निगरानीमा राखेको र आगामी गतिविधिमा सतर्क रहन आग्रह गरेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय